जीतपुरसिमरा गोल्डकपः भरतपुरको बिजयी सुरुवात

  • ई-गुनासो
  • / खेलकुद /
  • २०८१ चैत्र २२, शनिबार (१ हप्ता अघि)
  • ९३ पटक पढिएको
जीतपुरसिमरा गोल्डकपः भरतपुरको बिजयी सुरुवात

सिमरा ।

चितवनको हानामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणमा बिजयी सुरुवात गरेको छ ।
सिमरा रंगशालामा शुक्रबार राती सम्पन्न उद्घाटन खेलमा सलहेश युवा क्लब सिरहालाई २–१ निराश पार्दै चितवनले जित हात पारेको हो । जितसंगै चितवन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आठौं गोलबजार मेयर गोल्डकप जितेर सिमरा आएको सलहेशका लागि जीतपुरसिमरा गोल्डकपको यात्रा सुखद् हुन सकेन । चितवनलाई अन्तिम चारमा लैजाने क्रममा विष्णु योञ्जन र राज भुषालले समान एक/एक गोल गरे । सिरहाका लागि सुशील राईले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको चितवनले खेलको ५३औं मिनेटमा विष्णुको गोलबाट अग्रता लियो । जंगलमा लागेको डढेलोका कारण धुवाँले प्रभावित बनेको खेलमा सलहेशले ८०औं मिनेटमा बराबरी गोल फर्कायो । सलहेशका लागि सुशील राईले गोल गरे ।

त्यसको पाँच मिनेट वित्न नपाउँदै अर्को गोल थप्दै चितवनले जित सुनिश्चित गरेको थियो । चितवनका लागि राज भुषालले खेलको ८५औं मिनेटमा दोस्रो गोल गरेका थिए । भुषाल प्लेयर अफ दि म्याच समेत घोषित भए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश