|फोटोमा :पदक वितरण गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल लगायत ।
भोजराज भट्टराई
डुमरवाना,बारा:पठनपाठन सहित शैक्षिक नतिजामा अग्रता कायम गर्दै आएका नीजि विद्यालयहरु खेलकुदमा पनि अगाडी देएिका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका आयोजना गरेको नगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा प्रथम र दोस्रो निजी क्षेत्रका दुई विद्यालय भएपछि निजी क्षेत्रले खेलकुदमापनि आफ्नो क्षमता देखाएका हुन् ।
पालिकाको वडा नं.१५ को डुमरवाना स्थीत उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रविन काफ्लेका अनुसार डुमरवानाकै निजी विद्यालय राष्िट्रय विभुति शिक्षा सदन लगातार चौथो पटक पनि नगरस्तरिय प्रतियोगितामा प्रथम भएको हो । उसले यसअघिका बर्षहरुमा प्राप्त गर्दै आएको प्रथम पुरस्कारलाई यसपटकपनि ३० वटा पदक सहित निरन्तरता दिएको छ ।
उपमहानगरको आयोजना र जितपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहा स्थीत माध्यमिक विद्यालयमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको आईतबार समापन हुँदा यस्तो नतिजा देखिएको काफ्लेले बताउनु भयो ।
त्यस्तै अर्को नीजि विद्यालय सिमरा स्थीत सेन्ट अल्फानसाले १९ वटा सिल्ड जिती द्वितिय साँसिल गर्दा पथलैया स्थीत सामुदायिक विद्यालयले १५ वटा पदक सहित तृतीय स्थान हाँसिल गर्न सफल भयो । प्रथम हुने विद्यालयले नगद बिस हजार रुपैंया सिल्ड तथा प्रमाण पत्र, दोस्रो हुनेले पन्ध्र हजार रुपैंया, सिल्ड तथा प्रमाण पत्र र तेस्रो हुनेले दश हजाररुपैंया सहित सिल्ड तथा प्रमाण पत्र गरेका छन् ।
मंसिर २६ देखी ३० गते सम्म संचालित प्रतियोगितामा १९ वटा नीजि विद्यालय सहित ३६ वटा विद्यालयका १ हजार दुईसय विद्यार्थी सहभागि थिए । भलिबल ,कबड्डी, तेक्वाण्डो, कराँते, एथलेटिक्सका सबै खेलमा सहभागि ४९० विद्यार्थीलाई मेडल वितरण गरिएको आयोजक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहका
प्रधानध्यापक रामदत्त जोसीले बताउनु भयो ।
चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रतियोगिताका विजयी विद्यालयहरुलाई सिल्ड, पदक तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रमुख अतिथी जसवालले शिक्षासँगै खेलकुदलाई लैजान प्रदेश सरकार लागि रहेको बताए ।
यसकालागि बजेटको सुनिश्चता गर्न खेलकुदको विकासका लागि प्रदेश खेलकुद ऐन बनाएर सुरुवात गरेको बताउनु भयो । खेलाडीहरु विवरण समेत नभएको अवस्थामा विवरण संकलन गरेका छौं । प्रदेश सरकारले खेल प्रवद्र्धन र खेलाडीको मनोवल उच्च बनाउँने गरी काम गर्ने छ,उहाँले भन्नु भयो ।
प्रतियोगिता समापन समारोहमा संविधानसभा सदस्य जयराम दाहाल, प्रदेशसभा सदस्य देवनारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, कोषाध्यक्ष रंजन यादव लगायत सहभागि थिए ।
विद्यालयका प्रधानाध्यापकहरु, स्थानिय सामाजिक अगुवा, खेल प्रशिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो । समारोहमा वक्ताहरुले खेलको महत्व र आवश्यकताको बारेमा प्रकाश पार्नुभयो।
शिक्षक धन प्रसाद बजगाँईको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।