आयोजकले उचाल्यो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधि

  • ई-गुनासो
  • / कभर स्टोरी /
  • २०८१ आश्विन ५, शनिबार (३ महिना अघि)
  • १९७ पटक पढिएको
आयोजकले उचाल्यो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधि

सिमरा ।

आयोजक सिमरा भेट्रान क्लबले जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको उपाधि जितेको छ । । सिमरा रंगशालामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा सरस्वती नगर भेट्रान क्लब काठमाडौंलाई २–० ले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो ।

आयोजकको जीतमा कृष्ण शाक्य र विनोद परियाले एक–एक गोल गरे । प्रतिस्र्धात्मक फाइनल खेलको अन्तिम समयमा आयोजकले दुई गोल गरेको थियो । खेलको अन्तिम समयमा सिमरालाई पेनाल्टीको अवसर दिने रेफ्रीको निर्णयप्रति काठमाडौंले असन्तुष्टी जनाएको थियो ।

जीतसंगै आयोजक टिमले तीन लाख प्राप्त गरेको छ भने उपविजेता काठमाडौंले एक लाख ५० हजार पाएको छ । विजेता तथा उपविजेता टिमका खेलाडीलाई मधेस प्रदेशका युवा, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मोहन खत्री, प्रहरी नायक उपरीक्षक चिरञ्जिवी दाहाल, मधेस प्रदेश फूटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, पर्सा जिल्ला फूटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, आयोजक क्लबका अध्यक्ष बिजय राउतलगायतले पुरस्कार वितरण गरेका थिए ।

सिमरा भेट्रान क्लबको आयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १४ टिमको सहभागिता रहेको थियो । राउतको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश