सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका २ मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहको १७ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
जीतपुरसिमरा–२ नरबस्तीमा रहेको बन समुहको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह पथलैयाका अध्यक्ष पेशल मुल्मी, नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराका अध्यक्ष दीपककुमार ठाकुर, समाजसेवी रामकुमार अधिकारी, जनकल्याण सहकारीका सञ्चालक कृष्ण सिग्देल, मुसहर्नीमाई बन समुहका अध्यक्ष कुबेर न्यौपाने, नेकपा एमालेका नगर कमिटि अध्यक्ष त्रिलोक विक्रम शाह, नेपाली काँग्रेस नगर् कमिटिका सभापति छवी शर्मा, सिमरा महिला बचत तथा ऋण सहकारी सिमराकी गिता शर्मा, जनजागरण सामुदायिक बन समुह लगायत स्थानीय विभिन्न सामुदायिक बन समितिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बन समुहका अध्यक्ष सत्यबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्षको संस्थागत प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।