मनहर्वा,बारा :जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको सर्वशुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बुधबार बडहर्वा स्थीत खेलमैदानमा आयोजित सभाको बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ठाकुरले सहकारीका सदस्यलाई सहकारीको वास्तविक अर्थ बुझाउन सके कसैले हल्लाउन नसक्ने बताए । उनले संस्थाका सबै सदस्यलाई सहकारी सचेतना तालिम दिनपनि आग्रह गरे ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, जितपुसिरमा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, कलैया उपमहानगरपालिका वडा नं.२४ का अध्यक्ष हिरालाल चौधरी,सभाआयोजक सहकारी संस्थाका पूर्व अध्यक्ष ध्रुव सिग्देल, सल्लाहकार समितिका सदस्य विनिल प्रसाद अधिकारी, मौवा देवी साकोस बडहर्वाका अध्यक्ष राजुकुमार कार्की र स्थानिय बसन्त खतिवडा लगायतले बोलेका थिए ।
संस्थाले सभाका अवसरमा असल कारोबारकर्ता २ र उत्कृष्ठ कर्मचारी १ गरी ३ जनालाई पुरस्कृत तथा हालै सम्पन्न बारा बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पुनः निर्वाचित प्रमुख अतिथी ठाकुर र लेखा समिति सदस्यमा निर्वाचित राजुकुमार कार्कीलाई सम्मान गरेको छ ।
४०० जना महिला सहित ९ सय ९६ जना सदस्य विचमा ९ करोड ६४ लाख बढी कारोबार गर्दै आएको सहकारीले २४ लाख ३ हजार नाफबाट ६.५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय सभाबाट गरेको ब्यवस्थापक कृष्ण बुढाथोकीले जानकारी दिए ।
संस्था अध्यक्ष विमलराज भारतीको अध्यक्षता, उपाध्यक्ष जोखु राउत अहिरको स्वागत र ब्यवस्थापक बुढाथोकीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।