सिमरा ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पसाहा पुल बाढीले बगाएको छ । असोज १२ गते पसाहा नदीमा आएको बाढीले पुल बगाएको हो ।
दशैंअघि ढलान गरिसक्ने लक्ष्यसहित पुलको काम समपन्न गरी ढलानको अन्तिम तयारी भइरहेको थियो । सडक विभागको लागतमा निमाएणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन/नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएर काम गर्दै आएका थिए ।
पुल निर्माण गरिरहेको मेरिना/नेशनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न तयार गरिएको पुल बगाउँदा एक करोडभन्दा बढीको क्षति भएको छ । निर्माणको अन्तिम अवस्थामा रहेको पुल बाढीले बगाएपछि पुनःनिर्माण कार्य अनिश्चित समयकालागि स्थिगीत भएको छ ।