पुष्पराज खतिवडा, सिमरा ।
पूर्वी चितवनको रत्ननगरस्थित बछौलीमा १ करोड रुपैयाँको लागतमा युआर अटोमेटिक लन्ड्री सेवा सुरु भएको छ । आज शुक्रबार एक औपचारिक कार्यक्रमका बीच लन्ड्री सञ्चालन भएको कम्पनीले जनाएको छ । मुख्य कार्यालय बाराको सिमरामा रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारको लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीले जनाएको छ ।
दुबईको फुजेरामा १० वर्ष लन्ड्रीको काम गरी स्वेदेश फर्किएर बाराका उमेश चौलागाईले युआर अटोमेटिक लन्ड्री सुरु गरेका थिए। भरतपुर, टाँडी, पर्सा लगायतका स्थानमा कलेक्सन कार्यालय राखी बछौलीमा उद्योगमार्फत कपडा धुने काम गरिने कम्पनीका प्रोपाईटर चौलागाईले बताए ।
कम्पनीले उपभोक्तालाई गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनई छ ।
कम्पनीले नेपालका अन्य १० सहरमा शाखा विस्तार गर्ने लक्ष्यसहित चितवनमा पनि शाखा विस्तार गरेको हो ।