सिमराकी मोडेल पुजा पौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक

  • ई-गुनासो
  • / मुख्य समाचार /
  • २०८१ फागुन १६, शुक्रबार (१ महिना अघि)
  • ५८८ पटक पढिएको
सिमराकी मोडेल पुजा पौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक

सिमरा ।

लोक गायक बद्री पंगेनी र शान्तिश्री परियारको स्वरमा रहेको नयाँ म्युजिक भिडियोमा सिमराकी मोडेल पुजा पौडेलले अभिनय गरेकी छिन् ।

शुक्रबार बद्री पंगेनीको युटुब च्यानल मार्फत सार्वजनिक भएको ‘यूवा तिमी’ बोलको गीतमा पुजाले उत्कृष्ट अभिनय गरेकी छिन् । भिडियोमा पुजा संगै क्षीतिज गीरी, सन्देश चापाँगाई लगायतको अभिनय रहेको छ । उक्त गित इन्जिनियर नारायण ज्ञवालीले बजारमा ल्याएका हुन् ।

इन्जिनियर नारायण ज्ञवालीको रचना गोविन्द पंगेनीको संगीत तथा विनोद बाजुरालीको संगीत संयोजनमा तयार भएको गीतमा वैदेशिक रोजगारीमा रहेका यूवालाई स्वदेश फर्कन आह्वान गरिएको छ । म्युजिक भिडियोको निर्देशन गायक बद्री पंगेनी आँफैले गरेका हुन् ।

सिमराकी पुजा पौडेलले एक बर्ष अघि पनि बद्री पंगेनीकै गीतमा अभिनय गरेकी थिइन् । बद्री पंगेनी र एलिना चौहानको स्वरमा रहेको ‘दुइ पाईला संगै हिंडिदेउ’ बोलको गीतमा पुजाले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतसंग अभिनय गरेकी थिइन् । पुजाको अभिनय रहेको उक्त गीत युटुबमा ९० लाख बढी पटक हेरिएको छ ।

शुक्रबार सार्वजनिक भिडियो मोडेल पौडेलको तेश्रो म्युजिक भिडियो हो । उनले गायक बद्रि पंगेनी, कस्तुप पन्त र गायिका शान्तिश्री परियारले गाएको ‘जिन्दगी यस्तै भो’ बोलको गीतमा पनि एक बर्षअघि अभिनय गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश