सिमरा ।
गायक रुद्रसेन विश्वकर्माको ‘दे दन प्यार गोरी’ बोलेको भोजपुरी म्युजिक भिडियो बाराको सिमराबाट सार्वजनिक भएको छ । गायक विश्वकर्माले पत्रकार सम्मेलनको आयोजना गरी भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा अहिलेका चर्चित मोडल सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका छन् । गितमा गायक विश्वकर्मासंगै र प्रतिमा अर्यालले स्वर दिएकी छिन् ।
विश्वकर्माकै शब्द संगितमा तयार भएको गितको म्युजिक भिडियोको निर्देशन प्रदिप कुमार रसाइलीले गरेका हुन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् ।
म्युजिक भिडियो निर कुमारी विश्वकर्मा ‘सविना’ ले निर्माण गरेकी हुन् । गितको एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत) ले गरेका छन् । कोरस शशि झा लगायतले गरेका छन् । रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको गित ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मधेश प्रदेशका अध्यक्ष समेत रहेका विश्वकर्माले आज सिमराको प्याराडाईज होटलमा पत्रकार सम्मेलनको आयोजना गरी गित सार्वजनिक गरेका हुन् ।
विश्वकर्माले नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गरी झण्डै २ दर्जन गितमा स्वर दिईसकेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाराका अध्यक्ष देबेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बाराका गित, संगित, साहित्य क्षेत्रका बिभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।