जनता माध्यमिक बिद्यालय रजघट्टाको ३९ औं बार्षिक उत्सव सम्पन्न

  • ई-गुनासो
  • / मुख्य समाचार /
  • २०८१ पौष १७, बुधबार (३ महिना अघि)
  • २२८ पटक पढिएको
जनता माध्यमिक बिद्यालय रजघट्टाको ३९ औं बार्षिक उत्सव सम्पन्न

भोजराज भट्टराई
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित श्री जनता माध्यमिक बिद्यालयको ३९ औं बार्षिक उत्सव तथा ४० औं अभिभावक दिवस बुधबार विद्यालय परिषरमा सम्पन्न भएको छ ।

बारा क्षेत्र नम्बर ४(क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमूख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको बार्षिकोत्सवका अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नम्बर १३ का हेमनारायण चौधरी, शिक्षा विकास तथा समन्वय ईकाई बाराका प्रमुख हेमराज खतिवडा, डिभीजनल वन कार्यालय मकवानपुरका प्रमुख प्रदिपराज शर्मा लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रमूख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक बरुण गौतमले गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश