नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ कमिटिको वनभोज तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

घरघर सदस्य टोलटोलमा संगठन, एमालेको ३ महिने जरा केन्द्रिय अभियान : पूर्वमन्त्री साह

  • ई-गुनासो
  • / कभर स्टोरी /
  • २०८१ फागुन २४, शनिबार (१ महिना अघि)
  • १८१ पटक पढिएको
घरघर सदस्य टोलटोलमा संगठन, एमालेको ३ महिने जरा केन्द्रिय अभियान : पूर्वमन्त्री साह

बारा । नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ कमिटिले नारी दिवसको अवसरमा शनिबार सोही वडाको बंगडी पिकनिक पार्कमा वनभोज तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको एमाले पोलिटब्यूरो सदस्य, बारा क्षेत्र नंं.३ बाट निर्वाचित संघिय सांसद एवं पूर्वमन्त्री ज्वाला साहले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथी समेत रहनुभएकी सांसद साहले घरघर सदस्य टोलटोलमा संगठन भन्ने नारा सहित ३ महिने जरा कन्द्रिय अभियानका बारेमा प्रकाश पार्नु भएको थियो ।

उहाँले भुमि अध्यादेश अहिले रोकिएको भएपनि छिट्टै पारित हुने र गरिब भुमिहिन सुकुम्बासीको बर्षौको लालपूर्जा पाउने सपना अवश्य पुरा गरेरै छाड्ने बताउनु भयो ।
भुमि आयोगले काम सुरु गरेको अवस्था छ । करारका प्राविधिक नियुक्त गरेर प्रकृयालाई छरितो बनाउँदै अवश्यवस्थीत बसोबासी र सुकुम्बासी समस्या एमाले नेतृत्वको सरकारकै पालामा समाधान गरिने छ, उहाँले भन्नु भयो ।

जनताका समस्या पाईपाईमा समाधान गरिने छ । कृषि उत्पादनको बजार ब्यवस्थापन कमजोर हुँदा किसानले उचित मुल्य नपाईएको भन्दै यस्ता विषयमा सरकार गम्भीर हरेको आफुले पाएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेल, बारा जिल्ला सचिव अमृत शर्मा बजगाँई, एमाले जिल्ला सचिवालय सदस्य एवं निजगढ नगरपालिकाका प्रमुख सुरत पुरी, जिल्ला कमिटी सदस्य एवं जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले बोल्नु भएको थियो ।

यस्तै कार्यक्रममा एमाले जिल्ला लेखा समिति संयोजक रमेश सापकोटा सहित नगरकमिटी सचिव रत्न उप्रेती,सहसचिव त्रिलोक विक्रम साह, ३ नं.क्षेत्रीय कमिटी संयोजक अनिल कुमार मैनालै लगायत नेता कार्यकर्ताको सहभागिता थियो ।

कार्यक्रममा नेपाली काँग्रेस, माओवादी प्ररित्यागगरि एकदर्जन बढीले एमाले प्रवेश गरे । एमाले प्रवेश गर्ने स्थानिय प्रकाश चौलागाँई,कृष्णप्रसाद दाहाल, एमबहादुर मगर लगायतलाई प्रमुख अथिती पूर्वमन्त्री साहले टिका लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

जितपुरसिमरा उपमहानगरपालिकाको वडा ननं.१६ का अध्यक्ष समेत रहनुभएका वडाकमिटी अध्यक्ष हरिदेव खरेलको अध्यक्षता, उपाध्यक्ष नेतृ उषा सापकोटाको स्वागत एवं वडा कमिटीका सचिव रविन्द्रराज भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश