पोखरा महोत्सवमा `मधेस पर्यटन´को चर्चा, मुख्यमन्त्रीको दुतका रुपमा पुगे मोहन शर्मा

  • ई-गुनासो
  • / कभर स्टोरी /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • २३४ पटक पढिएको
पोखरा महोत्सवमा `मधेस पर्यटन´को चर्चा, मुख्यमन्त्रीको दुतका रुपमा पुगे मोहन शर्मा

सिमरा ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ३३औं औद्योगिक व्यापार तथा आइटी मेलामा सहभागी भएका छन् ।

मधेसका मुख्यमन्त्री सतिश सिंहको दुत (प्रतिनिधि) को रुपमा पुगेका शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मधेस भ्रमण गर्न आग्रह गरेका छन् । जिल्ला र नगरको तर्फबाट सम्बोधन गरेका शर्माले ‘घुमौं मधेश, बुझौं मधेश’ अभियानलाई सार्थकता दिन प्रदेशहरुबीच भ्रमण आदानप्रदान हुनुपर्ने जिकिर गरे ।

आफ्नो सम्बोधनमा मधेसको पर्यटनलाई विशेष जोड दिएका शर्माले मुख्यमन्त्री पाण्डेसहित गण्डकीका नागरिकलाई मधेसको भ्रमण गर्न पनि अपिल गरे ।

नाटाको मधेस प्रदेशको अध्यक्षसमेत रहेका शर्माले पोखरा र मधेसको हवाई कनेक्टीभिटीलाई पुन जोड्न आग्रह गर्दै उनले पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा आफ्नो स्टल नै राखेको बताए ।

अभियानका संयोजक विकास ठाकुरको नेतृत्वमा राखिएको मधेश प्रदेशको स्टलमा आगन्तुकहरूको ठूलो चासो सहित आकर्षणको केन्द्र बनेको थियो। मधेसको स्टलमा एकैदिन पाँच सयभन्दा बढी आगन्तुकले स्टलको अवलोकन गरेका छन् ।

मधेश प्रदेशका ४० पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको बुकलेट सो स्टलमा वितरण गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मेलाको उद्घाटन गर्दै मधेशको प्रचार सामग्री र संस्कृतिका बारेमा जानकारी प्राप्त गरे। यसै क्रममा संयोजक ठाकुर र अध्यक्ष शर्माले मुख्यमन्त्री सहित संघका अध्यक्ष गोकर्ण कार्कीलाई संयुक्त रुपमा मधेस प्रर्वधक बुकलेट हस्तान्तरण गरेका थिए।

मधेश प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने भिझिया नृत्य र थारु नृत्यको प्रस्तुति आगन्तुकहरूको लागि विशेष आकर्षण बनेको थियो। मुख्यमन्त्री पाण्डे मधेशको संस्कृति, प्रचार शैली, र प्रस्तुतीकरणबाट प्रभावित भएका थिए। मधेस प्रदेशबाट झण्डै ५० जनाको सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश