नारायण पौडेल
बारा । नेपाल पत्रकार महासंघ बाराले जिल्लामा क्रियाशिल संचारकर्मीलाई पत्रकार आचार–संहिताको पूर्ण पालनामा जोड दिन आग्रह गरेको छ ।
सुक्रबार अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा महासंघ बाराको कार्यालयमा बसेको बैठकले संघमा आवद्ध भएर वा नभई विभिन्न संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरुलाई आचार संहिताको पालन गर्न अनुरोध गरेको हो ।
यस्तै बैठकले व्यक्तिको मानमर्दन हुनेगरी सामाजिक संजालमा नलेख्न, पोष्ट नगर्न ,कानुनी दायरा भित्र रहँदै पत्रकार आचार संहिताको पूर्ण पालना गरी पत्रकारीता गर्न सबै पत्रकारलाई भनेको छ ।
संचार माध्यमहरुको लोगो, साधन, सवारी साधन, ज्याकेट, परिचय पत्रको दुरुपयोग नगर्न र गर्न नदिन सबै पत्रकार तथा संचार माध्यमलाई सचेत गर्ने बैठकपछि जारी महासंघको विज्ञप्तीमा भनिएको छ ।
उल्लेखित विषय विपरित कार्य गर्ने गराउने जोकोही माथी कानुनी कार्वाहीका लागि नेपाल पत्रकार माहासंघ बारा सम्बन्धीत निकायमा आग्रह गर्दछ ।
जानीजानी गलत गर्ने त्यस्ता ब्यक्ति एवं संस्थाका पक्षमा महासंघले कुनै किसिमको जिम्मेवारी नलिने समेत सबैमा जानकारी गराउने निर्णय भएको उल्लेख छ ।
बारा ः नेपाल पत्रकार महासंघ बाराले जिल्लामा क्रियाशिल संचारकर्मीलाई पत्रकार आचार–संहिताको पूर्ण पालनामा जोड दिन आग्रह गरेको छ ।
सुक्रबार अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा महासंघ बाराको कार्यालयमा बसेको बैठकले संघमा आवद्ध भएर वा नभई विभिन्न संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरुलाई आचार संहिताको पालन गर्न अनुरोध गरेको हो ।
यस्तै बैठकले व्यक्तिको मानमर्दन हुनेगरी सामाजिक संजालमा नलेख्न, पोष्ट नगर्न ,कानुनी दायरा भित्र रहँदै पत्रकार आचार संहिताको पूर्ण पालना गरी पत्रकारीता गर्न सबै पत्रकारलाई भनेको छ ।
संचार माध्यमहरुको लोगो, साधन, सवारी साधन, ज्याकेट, परिचय पत्रको दुरुपयोग नगर्न र गर्न नदिन सबै पत्रकार तथा संचार माध्यमलाई सचेत गर्ने बैठकपछि जारी महासंघको विज्ञप्तीमा भनिएको छ ।
उल्लेखित विषय विपरित कार्य गर्ने गराउने जोकोही माथी कानुनी कार्वाहीका लागि नेपाल पत्रकार माहासंघ बारा सम्बन्धीत निकायमा आग्रह गर्दछ ।
जानीजानी गलत गर्ने त्यस्ता ब्यक्ति एवं संस्थाका पक्षमा महासंघले कुनै किसिमको जिम्मेवारी नलिने समेत सबैमा जानकारी गराउने निर्णय भएको उल्लेख छ ।
कार्यालय सञ्चालनका लागि सहयोग माग्ने
नेपाल पत्रकार महासंघ बाराको जिल्ला कार्यसमितिको तेस्रो बैठकले महासंघको कार्यालय सञ्चालनका लागि प्रदेश,स्थानीय सरकार एवं विभिन्न उद्योगहरूसँग आवश्यक सहयोग माग्ने निर्णय गरेको छ।
महासंघको बैंक खाता जिल्ला अध्यक्ष सुवेदी, सचिव पुष्पराज खतिवडा, र कोषाध्यक्ष रंजन यादवको संयुक्त हस्ताक्षरबाट सञ्चालन गर्ने । त्यसैगरी महासंघको कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्ला अध्यक्ष सुवेदीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक ब्यवस्थापन उपसमिति गठन गरिएको छ।
उपसमितिले स्थानिय सरकार , प्रदेश सरकार , बिभिन्न उद्योग एवं संघ संस्था तथा कार्यालयहरुमा सहयोगको लागी समन्वय गरि अगाडी बढ्ने निर्णय गरेको जिल्ला कार्यसमिति सचिव खतिवडाले जानकारी गराएका छन्।
जिल्लाका संचार माध्यमहरुको अभिलेखीकरण गरिने
बैठकले जिल्ला भित्र ठेगाना रहि नियमीत संचालनमा रहेका पत्रपत्रिका, रेडियो, अनलाइन लगायतका संचार माध्यमलाई बारा शाखामा अभिलेखिकरण गर्ने निर्णय गरेको छ ।
रेकर्ड अध्यावधिक गर्न १५ दिने सुचना जारी गर्ने निर्णय गरेको महासंघले संचारकर्मीहरुको क्षमता विकास र संचारमाध्यमको दिगोपनाको लागी आवश्यक रणनीति एवं समानुपातिक बिज्ञापन व्यवस्थापनका लागी यस्तो गर्न चाहेको उल्लेख गरेको छ ।
महासंघले निम्न विवरण सहित कार्यालयमा सिधै फाईल वा महासंघको आधिकारिक ईमेल मार्फत पठाईदिन अनुरोध गरेको महासंघ बाराका सवि खतिवडाले बताए।
क) संचार माध्यमको नामः
ख) संचालकको नामः
ग) संचार माध्यमको ठेगानाः
घ) सम्पादको नामः
ङ) आवद्ध संचारकर्मीको संख्या ९नामावली र मोबाइल नम्बर :
च) संचार माध्यमको सम्पर्क नम्बर तथा ईमेल आईडीः