बारा । बाहिरी मान्छेहरुको आक्रमणबाट सुधारकेन्द्रमा रहेका एक यूवकको मृत्यु भएको छ । जील्लाको कलैया उपमहानगरपालिका वडा नं. ९ रामपुर बस्ने हिरालाल मण्डलका छोरा ३५ बर्षका धिरेन्द्र भनिने प्रदिप कुमार मण्डलको चक्कु प्रहारबाट मृत्यु भएको होे ।
गएराती कलैया उपमहानगरपालिका वडा नं.१ बैंक रोडमा रहेको नवजन्म सुधार केन्द्रमा भर्ना बसेका मण्डललाई बाहिरबाट हातमा रड चक्कु लिएर आएका करिब १० जानको समुहले आक्रमण गर्दा मण्डलको मृत्यु भएको हो । गुप्ता पेट्रोल नकिकै रहेको सुधार केन्द्र केन्द्रमा भएको सो घटनापछि प्रहरीले स्थानिय सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तमन्ना अली, निरज सर्राफ, सर्फराज मन्सुर, राहुल शेख, सागर गुप्ता, प्रमेश्वर साह, सर्फराज मण्डल लगायत भएको प्रहरीले जनाएको छ ।
हत्या भएका मण्डलको पोस्टमार्टम कलैया अस्पतालमा भईरहेको छ । प्रहरीले घटना बारे राती २ बजे जानकारी पाएको हो ।
घटनास्थलको सिसिटभि फुटेज संकलन गरी अनुन्धान कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
घटनाको कारण र वास्तविकता बारे अनुसन्धान भैरहेकाले थप पछी जानकारी गराउने उनले बताए ।