बारा। प्रहरीले विहिबार जिल्लाको उत्तरी चुरेक्षेत्रको नौ बिगाह खेतमा लगाएको अबैध लागुऔषध गाँजा खेती फँडानी गरी नष्ट गरेको छ । प्रहरीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ को चकरी र निजगढ नगरपालिका वडा नं. १२ को डम्बरपुर तथा १३ को रतनपुरमा १ लाख ८० हजार बोट गाँजा फँडानी गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय निजगढ र अमलेखगजंबाट खटिएको संयूक्त प्रहरी टोलीले जीतपुसिमरा उपमहानगरपालिका वडा नं.२२ को चकरी र नयाँबस्तीमा ५ विगाहमा लगाईका एकलाख बोटहरु नष्ट गर्यो ।
यस्तै निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ नम्बर वडा एरियामा ४ बिगाहमा लगाईएका ८०हजार बोटहरू नष्ट गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
जिल्लाको उत्तरी चुरे तथा आसपासको भावर क्षेत्रमा उल्लेखित परिमाणको अबैध रुपमा लगाईएको गाँजा प्रहरीले फँडनी गरेको हो । यसक्षेत्रमा लामो समयदेखी अबैध गाँजा खेती हुँदै आाएपनि प्रहरीकै संरक्षण हुँदै आएको थियो । बारामा प्रहरी प्रमुखका रुपमा सन्तोष तामाङ्ग आएपछि प्रहरी फँडानीमा गएको हो ।
तामाङ्गले कार्यभार सम्हालेको केही दिनपछी गत २२ गते जिल्लाका पत्रकारहरुसँगको भेटमा बारा जिल्लामा अबैध लागु औषध गाँजा खेती प्रहरीकै संरक्षणमा हुँदै आएको छ । तपाई के गर्नुहुन्छ भनी पत्रकारले प्रश्न गरेका थिए ।
पत्रकारहरुको प्रश्नपछि एसपी तामाङ्गले सुचना आफुले पाएकोहुँदा यस विषयमा परिमाण छिट्टै देख्नु हुने छ, भनी जवाफ दिएका थिए । त्यसको दुईदिनपछी प्रहरी १ लाख ८० हजार बोट सहित ९ विगाह गाँजा खेती फँडनीगरी नष्ट गरेको हो ।
जिल्लाको उत्तरी चुरेक्षेत्रमा बसौंअघिबाट ब्यापक गाँजा खेती हुने गरेको छ । मकवानपुर प्रहरीले बारा जिल्ला तिर र बाराले मकवानपुर तीर खेती रहेकाले आफ्नो कार्यक्षेत्र नपर्ने भनी टार्दै आएका थिए ।
दुबै जिल्लाका प्रहरीको अबैध आम्दानीको बलियो माध्यम बनेको गाँजा खेतीको संरक्षण उनीहरुबाटै हुँदैआएको थियो । तर तामाङ्गले गाँजा खेती माथीको कारवाही पुनः सुरुवात गरेसँगै अबैध गाँजाखेती पुनः नियन्त्रणमा आउने आशा पलाएको छ ।
हेर्दैजाम यो कामले निरन्तरता पाउँछ या गाँजा खेती गर्नेहरुसँग वार्गेनिङ्गका लागि मात्रै गरिएको स्टन्ट हो । त्यो थाहा पाउनका लागि केही समय भने अवस्य कुर्नुपर्ने छ , पत्रकार महाँसंघ बाराका अध्यक्ष रमेश सुवेदीले बताए ।