बारा । प्रहरी प्रमुख उपरिक्षक सन्तोष तामाङ्गले जिल्लाको शान्तिशुरक्षा अमनचयनका लागि कुनै कसर बाँकी नराख्ने बताए । नेपाल प्रहरीको यही माघ ११ गतेको सरुवाबाट बारा आएका तामाङ्गले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरे ।
उनकै कार्यकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रकाश सापकोटा र शुभद्रा लामा सहितका जिम्मेवार दुईजना नायव उपरिक्षकहरुलाई संगै राखेर उपरिक्षक तामाङ्गले नागरिकको शुरक्षामा कुनै किसिमको दवाव, प्रभाव र मोलाहिजा आफ्नो कार्यकालमा नहुने दावी गरे ।
उनले भने नागरिक शुरक्षा प्रहरीको पहिलो प्राथमिकता हो । न्याय निरुपणमा कुनै किसिमको दवाब प्रभावबाट काम हुन्न । हुने छैन, उनले भने ।
यस्तै सिमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा सुरक्षा जाँचलाई कडाई गरिने छ । चोरी तस्करी हुन नदिन नियमित गस्ती गर्दै हातहतियार तस्करी, कुनैपनि किसिमका अपराध नियन्त्रणमा मनोवैज्ञानिक शुरक्षा दवाव बढाईने छ ।
प्रेस जगत र सर्वसाधारणको सूचना जानकारीलाई सम्मान सहित कार्यान्वयन गर्नेछौं । पत्रकार र संचार संस्थाहरुको सुरक्षामा बारा प्रहरी सदैव प्रतिबद्ध छ । सत्य,तथ्य र निश्पक्ष समाचार गर्दागर्दै पत्रकारलाई आउने समस्या समाधानमा र पत्रकारहरुको शुरक्षा प्राथमिकता रहने छ, उपरिक्षक तामाङ्गले बताए ।
मनोबल उच्च राखेर काम गर्ने बताउँदै उनले प्रहरी आचरण सुधारमा समेत भुमिका खेल्ने बताए । आन्तरिक प्रहरी ब्यवस्थापनमा चनाखो छु । मेरो कार्यालय परिषरमा न्यायको दलाली बर्जीत हुनेछ । तर काम लाग्ने मानवीय सहयोग, सुझावलाई सिफारिस नमानिने हुँदा निर्दोष नफँस्ने दोषी नउम्कने कानुनी मान्यतामा मानविय सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
प्रहरी सबैको हो । देशको हो । संघ, प्रदेश र स्थानीय सबै तहको हो । हामीले बसैको सहयोगमा काम गर्नु पर्नेहुन्छ । जनप्रतिनिधि सहित सबैले कानुन अनुसार चल्दा समस्या आउँदैन, उनले भने ।
मेरो कमाण्डमा ९ सय ५७ जना प्रहरी छन् । ७ वटा ईलाका सहित ५४ वटा यूनिटमा कार्यरत सबै प्रहरी कर्मचारीले शान्तिशुरक्षा, अमैनचयन, नागरिक न्यायलाई पहिलो प्राथमिकता राखेर काम गर्ने छन् । त्यसको जिम्मा पनि मेरो हो, उपरिक्षक तामाङ्गले बताए ।
बाराका तत्कालिन प्रहरी प्रमुख महेन्द्र खड्का प्रहरी वरिष्ठ उपरिक्षकमा बढुवाभई सरुवा समेत भएपछि उनी बारा आएका हुन् । तामाङ्ग यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । उनी २०८० चैत्रमा डिएसपीबाट एसपी(उपरिक्षक)मा बढुवा भएका हुन् ।