साना किसान सहकारीको डुमरवाना र फत्तेपुरको कार्यालयमा चोरी

  • ई-गुनासो
  • / अपराध /
  • २०८१ पौष १२, शुक्रबार (३ महिना अघि)
  • १८५ पटक पढिएको
साना किसान सहकारीको डुमरवाना र फत्तेपुरको कार्यालयमा चोरी

सिमरा ।

साना किसान कृषी सहकारी संस्थाको डुमरवाना र फत्तेपुरको कार्यालयमा बिहीबार राती चोरी भएको छ । जीतपुरसिमरा १२ स्थित फत्तेपुरमा रहेको सहकारीबाट १२ लाख र जीतपुरसिमरा १५ स्थित डुमरवानामा रहेको सहकारीबाट ६५ हजार नगद चोरी भएको हो ।

कार्यालयको ताला फोडेर भित्र प्रवेश गरेका चोरको समूहले भल्ट फुटाएर नगद चोरी गरेका हुन् । चोरको समूहले दुबै कार्यालयमा राखिएको सिसिटिभी क्यामराको हार्डडिस्क समेत लगेका छन् ।

दुई कार्यालय करिब दुई किलोमिटरको दुरीमा छन् । दुबै कार्यालयमा भएको चोरीको प्रकृति एउटै छ । फत्तेपुरमा रहेको सहकारी कार्यालयको ५० मिटर पूर्वतर्फ प्रहरी चौकी छ । प्रहरी चौकी नजिकै भएपनि चोरको समूह सहकारीबाट १२ लाख चोरेर फरार भएका छन् ।

चोरीका दुबै घटनामा संलग्न व्यक्तिहरु पक्राउ परेका छैनन् । घटनापछि प्रहरीले अनुसन्धान थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश