यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह

  • ई-गुनासो
  • / अपराध /
  • २०८१ आश्विन १८, शुक्रबार (२ महिना अघि)
  • १५७ पटक पढिएको
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह

काठमाडौँ । 

नेपालमा तीन तहका सरकार छन् । आमनागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । यही सरकारले नागरिकको विभिन्न समस्या समाधान गर्ने मात्र होइन जन्मदर्तादेखि नागरिकता बनाउनसम्म सिफारिस दिने गर्छ ।

तर, यही सरकार सबैभन्दा बढी भ्रष्टाचारमा डुब्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको संख्या देखाउँछ । हालै राष्ट्रपतिलाई बुझाइएको अख्तियारको ३४औँ वार्षिक प्रतिवेदनअनुसार ७५३ स्थानीय तहतर्फ १९ हजार १०६ वटा भ्रष्टाचार र अनियमितताको उजुरी परेको छ ।

सोही प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार र अनियमितताका उजुरी कास्कीको पोखरा महानगरपालिकाविरुद्ध परेको छ । यसपछि सबैभन्दा बढी उजुरी पर्नेमा क्रमशः काठमाडौँ महानगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, जनकपुर उपमहानगरपालिका, छिपहरमाई गाउँपालिका, कृष्णनगर नगरपालिका, जलेश्वर नगरपालिका, राजपुर नगरपालिका र १०औँ नम्बरमा हेटौँडा उपमहानगरपालिका रहेका छन् ।

पोखरा महानगरपालिकाविरुद्ध भ्रष्टाचार र अनियमितताका ३५९ उजुरी परेको छ भने काठमाडौँ महानगरपालिकाको २७५ उजुरी छन् ।

स्वतन्त्रबाट काठमाडौँ महानगरको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) चर्चामा छन् । उनकै नेतृत्वमा रहेका काठमाडौँ महाननगरविरुद्ध भ्रष्टाचार र अनियमितताका उजुरी धेरै पर्नेमध्ये दोस्रो स्थानीय तहमा परेको हो ।

सबैभन्दा बढी भ्रष्टाचार भएको पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य छन् । उनी एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश