बारा । टिप्पर र कार एकआपसमा ठोकिएर भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । बारा प्रहरीका अनुसार सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ बर्षका नारायण हरी शर्मा र अर्का नाम,थर वतन नखुलेका कार चालकको मृत्यु भएको हो ।
सुक्रबार करिब ३ बजेको समयमा पूर्व पश्चिम लोकमार्गको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ भुँईपुलमा दुर्घटना भएको हो । निजगढबाट पथलैया तर्फ जाँदै गरेको प्र२–०३–००१ ख ०६०७ नं.को टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा. ०१–०२५ च ५०७६ नं.कार एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
यसक्रममा कारमा सवार दुई जना गम्भीर घाईते भएका थिए । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले तत्काल उद्दारगरी प्रसुती अस्पताल निजगढ पुर्याएका थिए । बोल्नै नसक्ने अवस्था गम्भीर रहेको दुबैजनाको उपचारका क्रममा ज्यान गएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए ।
कारलाई ठक्कर दिने टिप्परका चालक फरार रहेको र उनको खोजी भैरहेको उनले बताए ।