एमालेद्वारा स्व.मोतीलाल श्रेष्ठको १३ औं पुन्यतिथीमा श्रद्धाञ्जलीसभा सम्पन्न

एमालेद्वारा स्व.मोतीलाल श्रेष्ठको १३ औं पुन्यतिथीमा श्रद्धाञ्जलीसभा सम्पन्न

मनहर्वा,बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ लामिडाँडा निवासी स्व.मोतीलाल श्रेष्ठको १३ औं दिनको पुन्यतिथीका अवसरमा नेकपा (एमाले) १८ नं. वडा कमिटीले नीज निवासमा सोमबार श्रद्धाञ्जलीसभा गरेको छ ।

सभामा नेकपा एमालेका नेता एवं बारा क्षेत्र नं.३(क)बाट निर्वाचित प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रदेशसभा सदस्य श्रेष्ठले स्व. मोतीलालको स्मरण गर्दै पार्टीले एकजना बलियो शंरक्षक गुमाएको बताए ।

प्रदेशसभा सदस्य श्रेष्ठले भने “उहाँ सँधै एमाले बलियो होस् भन्ने चाहनुहुन्थ्यो । जनताका सपना एमालेले मात्रै पुरा गर्न सक्छ । लाग्नुस् भन्नुहुन्थ्यो । चुनावताका उहाँका विचारमा म समेत प्रभावित बनेको थिँए ।उहाँकी पत्नी, छोराछोरीहरु र समाजलाई समेत एमालेमा गोलबद्ध गर्न स्व.मोतिलालको महत्वपूर्ण योगदान छ । अबका दिनमा उहाँका समना पुरा गर्ने अभिभारा हाम्रा सामु छन् । हामीले पुरा गर्नै पर्छ ।, ” प्रदेशसभा सदस्य श्रेष्ठले भने ।

कार्यक्रममा एमाले नेता एवं जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेल, , एमाले परवानीपुर गाउँपालिका नगरकमिटी अध्यक्ष राम यादव, एमाले जीतपुरसिमरा नगरकमिटी सदस्य गोपीकृष्ण खतिवडाले बोलेका थिए । यस्तै यूवराज लुईटेल, नारायण घिमिरे, निर्मल कुमार यादव, विमलराज भारती, कमला न्यौपाने, विन्दा न्यौपाने, कुमार लामा लगायत थुप्रै स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

२००६ साल श्रावण २१ गतेमा जन्मिएका स्व. मोतीलाल श्रेष्ठ २०४६ सालबाटै पार्टीमा संगठित थिए । सुगर, प्रेसर र दम सम्बन्धि स्वास्थ्य समस्या भोग्दै आईरहेका श्रेष्ठको गत चैत्र २० गते घरमै निधन भएको थियो । स्व. श्रेष्ठका पत्नि, दुई छोरा , चार छोरी र नातीनातीना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश