|बाँयाबाट अध्यक्षका आकाँक्षीहरु क्रमश.. रत्न उप्रेती, त्रिलोक बिक्रम शाही ठकुरी,अमृतलाल श्रेष्ठ र हिरा बस्नेत
सिमरा,बारा । नेकपा (एमाले) जीतपुरसिमरा नगरकमिटिको नेतृत्वका नेताहरुको रस्सा कस्सी र दौडधुप भैरहेको छ । एकजना अध्यक्ष पदका लागी आधा दर्जन आकांक्षी देखिएका छन् । आवरणमा नदेखिए पर्ख र हेरको नीतिमा बसेकाहरुको संख्या अझ ठुलो हुन सक्ने बनाइएको छ ।
यसअघि २०७८ चैत्र १२ गते बसेको पहिलो अधिवेशनबाट नगरकमिटीको नेतृत्व भोला प्रसाद अधिकारीले पाएका थिए । यसपटक आज यो समाचार तयार पार्दासम्म वर्तमान नगरकमिटीका सचिव रत्न उप्रेती, उप”सचिव त्रिलोक बिक्रम शाही ठकुरीको नाम चर्चामा छ । यस्तै नगरकमिटिमा नभएका तर पार्टीमा सकृय अमृतलाल श्रेष्ठ र हिरा बस्नेतको नामपनि सुनिएको छ ।
संगठनहरुमा अध्यक्ष र सचिवको भुमिका महत्वपूर्ण हुने गर्दछ । पहिलो नगरअधिवेशनले निर्वाचित नगरअध्यक्ष भोला प्रसाद अधिकारीलाई स्थानिय निर्वाचनले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित गर्यो । यससँँगै पार्टीका गतिविधि कमजोर हुने जोखिमलाई सचिवको कमाण्ड र जिम्मेवारीले महसुस गर्न दिएन ।
सफल जिम्मेवारी पुरागरेका र अनुभवका हिसावले उप्रेतीलाई नगरको आगामी नेतृत्व दिनु पर्ने पार्टी प्रतिनधिहरुले धारण राखेका छन् । संभावना उनको बलियो देखिएको स्थानिय नेताहरुले बताए । यस्तै उपसचिव ठकुरीको समेत चर्चा उस्तै छ । उनी प्रखर पार्टीका यूवा कमाण्डर समेत हुन् ।
यसैगरी श्रेष्ठ पार्टीका ब्याकफोर्सका रुपमा काम गरिरहेका कुशल मिलनसार संकल्पित नेता हुन् । उनले नेतृत्व पाउँदा पार्टीलाई हितहुने कतिपयको चर्चा छ । यस्तै पार्टीमा यूवाहरुको प्रतिनिधित्व, परिचालन र ब्यवसायीक दक्षता भएका अनुभवी यूवा हुन् बस्नेत । उल्लेखित चारैजना योग्य छन् । उहाँहरुले नगरपार्टिको कमाण्ड पाउँदा पार्टी कार्यकर्ताको हितनै हुने नाम उल्लेख नगर्ने शर्तमा नेताहरुले बताए ।
नेकपा एमालेको यसैसाता देशभरका ७५३ वटा नगर तथा गाउँहरुमा दोस्रो अधिवेशन हुँदैछ । यसैक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चैत्र २८ गतेका लागि दोस्रो नगर अधिवेशनको मिति तयगरि अन्तिम तयारी भैरहेको जनाईएको छ । सिमरामा आयोजना हुने कार्यक्रममा सहभागिहुने प्रतिनीधिहरुको छनौट मंगलबार सकियो ।
नगर अधिवेशनले १ अध्यक्ष ,१ उपाध्यक्ष, १ सचिव ,२ उपसचिव र बाँकी सदस्यहरु रहने गरी ८५ जनाको नयाँ पार्टीको नगर नेतृत्व निर्वाचित गर्ने छ । ५ बर्षका लागी पार्टीको
अधिवेशनमा वडा प्रतिनीधि र आयोजक गरि ३४८ जनाले भाग लिने छन् । कार्यक्रमको विहिबार अपराहन्न एमाले स्थाईकमिटी सदस्य एवं मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले सिमरा स्थीत रोयल पार्टी उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले नगरकमिटिका सचिव रत्न उप्रेतीले जानकारी दिए ।