मेलाका नाममा घरलौरी चन्दा उठाएर आफ्नो विज्ञापन

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ चैत्र २३, आईतबार (१ हप्ता अघि)
  • ६९७ पटक पढिएको
मेलाका नाममा घरलौरी चन्दा उठाएर आफ्नो विज्ञापन

भोडहा,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १७ कोजैतापुर र कलैया उपमहानगरपालिका वडा नं.२१,२२ भोडहा मटेरियाको बिच सराहीमा सन्तम माईको मेला लागिरहेको छ । मेला आज आईतबार र भोली सोमबार गरी दुईदिन चल्नेछ । नाच तमासा खानपिनका प्रबन्ध मेला क्षेत्रमा छ ।

जहाँ टिकटकर राजकुमार साहको टिमले मेलामा सहभागिलाई मनोरञ्जन दिने बताईएको छ । यस्तै पर्सा जिल्लाको सतवरिया पोखरियाको नाच लगायत खेल तमासा हुने हुँदैछन् ।

नेपाली काँग्रेस जिल्ला बाराका सभापति राजेशराय यादव लगायतले आईतबार मेला उद्घाटन गर्ने कार्यक्रम थियो । स्थानियका अनुसार मेला लगाउन सामान्यतया ५÷६ लाख रुपैंया खर्च हुँदैछ ।

शनिबार हाम्रो टोली मेला लाग्ने स्थानमा पुग्दा रोचक कुरा के पाईयो भने, गाउँभरी घरलौरी चन्दा संकलन गरेर , स्थानिय सरकार लगायत निकायबाट पैसा उठाएर मेला लगाईदैछ रहेछ । तर मेलाको भन्दा बढी आयोजक समितिका अध्यक्ष विनोद प्रसाद साह(मटेरिया)को प्रचार गरिएको देखियो ।

मेला क्षेत्रमा प्रवेश गर्ने ३ वटा गेट बनाईएका छन् । ती गेटहरुमा उनै साहले नमस्कार गरेका बढेमानका फोटा दुबैतीर सजाईएका छन् ।

उनकै प्रचारका लागि मेलाको आयोजना गरिको जस्तो दिखिएको छ । गेटैपिच्छे उनको बढेमान फोटो देखेपछी स्थानियसँग सोधनी गर्दा त्यो देखेर उनीहरुलै विनोद प्रती आक्रोशित बनेका रहेछन् । मन्दिरको फोटो राख्नुपर्ने स्थानमा आफ्नो फोटो राखेर साहले गल्ती गरेको स्थानिय रामचन्द्र यादवले बताए ।

अर्का स्थानिय सकल ठाकुर यो बदमासी भयो । अध्यक्ष साहले राजनिति गर्न खोजे । काँग्रेसका नेताहरु आउने सुनेको छु । जनताको चन्दाबाट आफ्नो फोटो राख्नु हुँदैन थियो । माताको फोटो राख्नु पथ्र्याे । यो गलत भयो । यसले विवाद हुन्छ, भन्दै आक्रोश ब्यक्त गरे ।

यस्तै ठाकुरसँगै रहेका रामानन्द साहले विनादले आफ्नै खर्चमा मेला लगाए जसरी आफ्नो विज्ञापन गर्नु गलत भयो । चन्दाको दुरुपयोग भयो । हामी हटाउन लगाउँछौं ,उनले भने ।

मेला समितिका अध्यक्ष साह जनताले चन्दा उठाएर खर्च गरेर विज्ञापन गर्नु पर्ने ब्यक्ति भने होईनन् । उनी नेपाल सरकारका कर्मचारी हुन् । सेवाग्राहीसँग घुस लिनेक्रममा रंगेहात पक्राउ परेका उनी हाल निलम्बनमा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले उनी विरुद्ध दायर गरेको पहिलो चरणको रिट साहले हारे । त्यसपछी सर्वोच्च अदालत पुगेका उनको मुद्दा विचाराधिन छ ,एक स्थानियले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश