अनावश्यक प्रवेशद्वारमा करोडौं खर्च , सरकारी बजेटमा आफ्नो चर्चा

सरकारी रकम खर्चेर प्रवेशद्वार , आफ्नो बाउको सम्पतीबाट बनाए जसरी ठुल्ठुला अक्षरमा आफ्नो नाम लेखाए
  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ चैत्र ११, मंगलबार (२ हप्ता अघि)
  • ५७४ पटक पढिएको
अनावश्यक प्रवेशद्वारमा करोडौं खर्च , सरकारी बजेटमा आफ्नो चर्चा

पर्सा । सांसद मन्त्रीहरुले गर्ने सरकारी सम्पतीको दोहन र भ्रष्टचारको नमुना हेर्नु छ ,भने अन्त जानु पर्दैन । यही छिमेकी जिल्ला पर्सा गए हुन्छ ।

त्यहाँका कतिपय विद्यालयहरुमा बालबालिका बस्ने ब्रेन्च डेस्क छैनन् । बालबालिका बोरा ओछ्याएर भुँईमा बसेर पढ्न बाध्य छन् । २,४ लाख रुपैंया खर्च गर्दा ति नानीबाबुहरु भुँईमा बस्नु पर्दैन । तर पर्साबाट पटकपटक चुनाव जितेका सांसद, मन्त्री , पालिका प्रमुख एवं वडा अध्यक्षहरुलाई त्यसको बाल मतलव छैन ।

उनीहरुलाई चर्चामा आउनु छ । भ्रष्टाचार गरेरै भएपनि पैसा कमाउनु छ । फेरी चुनाव पैसाको वलमा जित्नु छ । मन्त्री हुनु छ । बस ! अरु कुरा त बाबाजीकी…..भने जस्तै छ ।

यी माथीका भनाई मेरो होईन पर्साको जगरनाथपुरमा भेटिएका नागरिकको हो । नाम चैं नछापिदिनु है भन्दै ती नागरिकले आक्रोश पोखे । बाराको परवानीपुर हुँदै पर्सा छिरेपछी सुख्ख बर्दगाहा पुग्ने सडकका प्रत्येक १ किलो मिटरमा बढेमानसँग आफ्नो नाम र पद लेखाएर एकदर्जन बढी प्रवेशद्वार बनाईएका छन् ।

अन्यत्र पनि जिल्लाभरी गाउँगाउँ टोल छिर्ने मार्गमा अनावश्यक रुपमा प्रवेशद्वार बनाएका छन् । एकताका प्रवेशद्वार बनाउने होड पर्सामा चल्यो । प्रवेशद्वार निर्माणमा राज्यको करोडौं रकम खर्च भयो । यो सरासर भ्रष्टचार हो ,उनले भने ।

उनका अनुसार वर्तमान सांसद एवं खानेपानी मन्त्रि प्रदिप यादव प्रवेशद्वार बनाउने र आफ्नो नाम लेखाउनेमा पहिलो नम्बरमा देखिन्छन् । उनले जस्तै सांसद, प्रदेश सांसद भएकाहरु विचारी यादव, विमल श्रीवास्तव, समानुपातिक महिला सांसद अनजु कुमारी लगायतले पनि मन्त्री यादवको सिको गरेका छन् ,जगरनाथपुरका रामाकान्त बैठाले बताए ।

न्यूनतम् १० लाख देखी ५० लाख रुपैंया सम्म सरकारी रकम खर्चेर ३ दर्जनबढी प्रवेशद्वार बनाईए । आफ्नो बाउको सम्पतीबाट बनाए जसरी ठुल्ठुला अक्षरमा आफ्नो नाम लेखाए । यसको कुनै फाईदा छैन । पहिला बनाएर भ्रष्टचार गरे । पछी उद्घाटनका नाममा पनि सभा सम्मेलन खाजा नास्ता भन्दै भ्रष्टचार गरे । यस्तै छ हजुर हाम्रो पर्सा जिल्ला । यहाँका नेता यस्तै छन् ,उनले दुःखी हुँदै सुनाए ।

सांसद मन्त्रीको सिको पालिकाका वडा अध्यक्षले समेत गरे । बिरगजं महानगरपालिका वडा नंं.२७ उदयपुरघुर्मीका वडा अध्यक्ष प्रदिप यादवले आफ्नो गाउँमा २० लाख रुपैंया बढी रकम खर्चेर आफ्नो गाउँमै प्रवेशद्वार बनाए । प्रवेशद्वारमा बढेमानसँग आफ्नो नाम लेखाए । पहिलो कार्यकाल सकियो । दोस्रो कार्यकालका लागि उनी पराजित भए ।

प्रवेशद्वार बनाउन सिकाउने उनै बहालवाला खानेपानी मन्त्री यादव हुन् । उनी पहिलो पटक संघिय समाजवादी फोरम, नेपालबाट पर्सा क्षेत्र नं.१ र हाल सोही क्षेत्रबाट दोस्रो पटक जनता समाजवादी पार्टी, नेपालबाट प्रतिनीधसभा सदस्यमा निर्वाचित साँसद हुन् ।

उनी अहिले संघिय मन्त्री छन् । उनका कारण प्रवेशद्वार बनाउन होडबाजी गर्नेहरुले विद्यालयमा भौतिक सुधार देखेनन् । सडक, कृषि, स्वाथ्य, शिक्षा र स्वयम् खानेपानीमा खर्चको आवश्यकता देखेनन् ।

पर्सा जिल्लाका गाउँगाउँ पुगने ग्रामिण सडकहरु अझै बनेका छैनन् । पुलपुलेसा कयन ठाउँमा बन्न सकेका छैनन् । सिंचाईको समस्या छ । बिरगजं महानगरकै कतिपय ब्यस्त सडकका हालत उस्तै छन् ।

केही स्थानमा काम हुन थालेको बषौं भयो । पप्पु कन्टक्सनले दुईबर्षमा निर्माण सक्ने गरी उदयपुरघुर्मी देखी हुलाकी सडक सम्मको ग्रामिण सडक निर्माणले गतिलिन अझै सकेको छैन । जनता धुलो खान बाध्य छन् ।

तर यहीँका जनताले विकासको आसमा जिताएका नेता,सांसद, मन्त्रीहरुलाई भने बाघको छालामा स्यालको रजाँई भने जस्तै छ । राज्यको ढुकुटीमा हात छिराउन पाएपछि मनपरि हुँदो रैछ, उदयपुरघुर्मीका स्थानिय भावप्रसाद यादवले सुनाए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश