जातका आधारमा हुने विभेदको औचित्य सकियो : एमाले नेता विश्वकर्मा

जातिय विभेदले समाजलाई कुनै फाईदा गर्दैन
  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ फागुन २९, बिहिबार (४ हप्ता अघि)
  • १५७ पटक पढिएको
जातका आधारमा हुने विभेदको औचित्य सकियो : एमाले नेता विश्वकर्मा

बारा । परापूर्वकालमा कामका आधारमा ब्रम्हण, क्षेत्री, बैश, सुद्र भनी विभाजित जातिय प्रथाको औचित्य सकिएको नेकपा एमाले नेता एवं मुक्ति समाज नेपालका केन्द्रिय सचिव सुन्दर विश्वकर्माले बताउनु भयो ।

विहिबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को पराँस टोलमा एमाले निकट मुक्ति समाज वडा कमिटीले आयोजना गरेको होली विशेष शुभकामना कार्यक्रममा विश्वकर्माले यस्तो बताउनु भएको हो ।

मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य समेत रहनु भएका एमाले प्रदेश कमिटि सदस्य विश्वकर्माले नेपालको कानुनले छुवाछुतको अन्य गरेको भन्दै दलित भएकै कारण विभेद सहनु अपराध हुने बताउनु भयो ।

परापूर्वकालमा फलामको काम गर्नेलाई लोहार, कामी, कपडा सिलाउनेलाई दमाई, लुगाधुनेलाई धोबी, छालाको काम गर्नेहरुलाई चमार, मुसाले लगेको धान खोज्नेहरुलाईलाई मुसह भनी कामका आधारमा ठुला भनौंदाहरुले जातिय विभेद गरे । त्यसको असर आज सम्म समाजमा जीवित देखिनु दुःखद् छ , नेता विश्वकर्माले भन्नुभयो ।

जातका आधारमा कोही ठुलो वा सानो नहुने भन्दै उहाँले दलितहरुले शिक्षा, स्वास्थ्य, सरसफाई र क्षमता विकासमा जोड दिन सके जातिय विभेद हटेर जाने उहाँको भनाई थियो । जातिय विभेदले समाजलाई कुनै फाईदा गर्दैन । बरु घाटा छ । अचम्मको कुरा केछ भने दलित भनेर चिन्दा भेदभाव नचिन्दा हुँदैन, गजब छ बा , विश्वकर्माले भन्नुभयो ।

बरही नट लगायतका समुदायलाई दलितमा सुचिकृत गर्न आफुले पहल गरेको र सरकारले त्यसलाई स्विकार गरेको समेत कार्यक्रममा जानकारी दिनु भयो ।
कार्यक्रममा मुक्ति समाज बाराका अध्यक्ष शर्मा बैठा,नगर अध्यक्ष सुधन दास तत्मा,नेकपा एमाले जिल्ला कमिटि सदस्य वसन्त खतिवडा ,कृष्ण खनाल,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा सहभागी थिए ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य प्रभावती पास्वान, वडा अध्यक्ष चुतुरबाबू वाग्ले, स्थानिय सहकारी सर्वशुलभका अध्यक्ष विमलराज भारतीको कार्यक्रमा सहभागिता थियो ।

यस्तै स्थानिय सामाजिक अगुवा जयराम यादव, दलित अगुवा विजय राम,शिवधर राम,मोतीलाल दास,मुकेश नट,विजय बरही, कान्ति बैध लगायत कार्यक्रमा सयौं नेता कार्यकर्ता एवं स्थानियको सहभागिता थियो ।

कार्यक्रम मुक्ति समाज वडा कमिटीका अध्यक्ष नथुनी बरहीको सभाध्यक्षता एवं मौवादेवी यूवा क्लबका अध्यक्ष निर्मल कुमार यादवको संचालनमा सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश