प्रेस चौतारी नेपाल बाराको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ फागुन २४, शनिबार (१ महिना अघि)
  • ९९ पटक पढिएको
प्रेस चौतारी नेपाल बाराको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा ।  नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारी नेपाल बाराले शनिबार होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवस तथा होली पर्व २०८१ को अवसरमा प्रेस चौतारी नेपाल बारा जिल्ला कमिटीको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थीत देवाअश्राम पार्कमा कार्यक्रम भएको हो ।

कार्यक्रम प्रेस चौतारी नेपाल केन्द्रिय कार्य समितिका सचिव एवं मधेश प्रदेश ईन्चार्ज कमल कुमार उपाध्यायले उद्घाटन गर्नु भएको थियो । चौतारीको उक्त कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल प्रमुख वक्ता हुुनुहुन्थ्यो ।

जिल्ला अध्यक्ष थानेश्वर सापकोटाको सभाध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल मधेश प्रदेशका उपाध्यक्ष अनिल तिवारी, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा,चौतारी बारा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष दिवाकर भण्डारी लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबैले शुभकामना आदानप्रदान गर्दै एक आपसमा फागु लगाएर खुःशी साटासाट गरिएको थियो । कार्यक्रम प्रेस चौतारी बाराका उपाध्यक्ष जियुत यादवको स्वागत एवं सचिव श्याम गुप्ताको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश