पशुपालक साना किसानलाई दुईदिने पशुपालन ब्यवस्थापन तालिम

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ फागुन २२, बिहिबार (१ महिना अघि)
  • २६१ पटक पढिएको
पशुपालक साना किसानलाई दुईदिने पशुपालन ब्यवस्थापन तालिम

बारा । जिल्लाकोे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले दुईदिने पशुपालन ब्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

संस्थाले बुधबार र विहिबारगरी दुईदिन कलैया उपमहानगरपालिका वडा नं.१६ को कार्यालय मझौलियामा पशुपालक किसानहरुलाई तालिम दिएको हो । सहभागीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका पशुपन्छि विकास शाखाका प्रमुख पशु चिकित्सक डा. सुबाश झाले सहजीकरण गर्नु भएको थियो ।

दुधालु पशुको स्वास्थ्य, खानपान , स्यहार, उपयूक्त गोठ ब्यवस्थापनमा किसानले ध्यान दिनु पर्ने विविध महत्वर्पू विषय तालिममा समेटिएको थियो । यस्तै दुधको सफाई,उत्पादनमा वृद्धि, कृतिम गर्वधारण, उन्नत जातको पशुको छनौट र उपचारका बारेमा समेत डा. झाले सहभागिलाई सुझाउनु भएको थियो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले विगत ५ बर्ष देखी मझौलियामा संचालन गरिरहेको दुध संकलन केन्द्रमा दुध विक्रि गर्ने ६५ जना पशुपालक किसानहरु तालिममा सहभागि थिए ।

दुध उत्पादक किसानहरुलाई पशुपालनमा थप सहजिकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

संस्थाले हाल सोही पालिकाको वडा नं.२६ को सिस्वा महेशपुरमा समेत उपकेन्द्र खोली किसानले उत्पादन गरेको खरिदगरी दैनिक २ हजार लिटर दुध संकलन गरी विक्रि गर्दै आएको छ । पछिल्लो समय दुधको बजारमा समस्या देखिँदा भुक्तानी पाउन समस्या भैरहेको उहाँले बताउनु भयो ।

नियमित आम्दानीको उत्तम विकल्पका रुपमा दुध उत्पादनका लागि पशुपालन हुँदै आएको छ । पशुपालनमा प्रोत्साहन गर्दै सहुलियत कर्जा दिने, पशुको शुरक्षण, दुधको बजार ब्यवस्थापन र स्वाथ्य उपचारमा सहकारीले सहयोग गर्दै आएको छ, अध्यक्ष खड्काले बताउनु भयो ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको आर्थीक सहयोगमा आयोजित तालिमको आयोजक सहकारी संस्था मनहर्वाकी उपाध्यक्ष श्यामता कुमारीले विहिबार समापन गर्नु पूर्व बुधबार अध्यक्ष खड्काले उद्घाटन गर्नु भएको थियो ।

तालिम उद्घाटन कार्यक्रममा संस्था अध्यक्ष खड्का, प्रशिक्षक पशु चिकित्सक डा. झा, वडा सचिव हर्देव प्रसाद लगायत सहभागि  कार्यक्रमको मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालन एवं सहजीकरणमा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश