राष्ट्रिय विभूति डुमरवानाको २३ औं वार्षिकोत्सव सम्पन्न

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ फागुन १०, शनिबार (१ महिना अघि)
  • १२५ पटक पढिएको
राष्ट्रिय विभूति डुमरवानाको २३ औं वार्षिकोत्सव सम्पन्न

सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको अग्रणी संस्थागत विद्यालयका रुपमा स्थापित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकै व्यवस्थापनमा सञ्चालित साना किसान शिक्षा सदन र ममता शिशु केन्द्र सहित तीनवटै विद्यालयको वार्षिकोत्सव एउटै थलोमा सम्पन्न भएको विद्यालयका प्रिन्सिपल सागर ठाडामगरले जानकारी दिनुभयो ।

विभूति एजुकेशन नेटवर्कका रुपमा राष्ट्रिय विभूतिले जीतपुरसिमरा उपमहानगरपालिका १४ मा आधारभूत तहको साना किसान शिक्षा सदन तथा जीतपुरसिमरा १५ को नयाँबस्तिमा प्रिस्कुलका रुपमा ममता शिशु केन्द्र सञ्चालन गरिरहेको छ ।

व्यवस्थापन संकायमा कक्षा १२ सम्म अध्यापन हुने राष्ट्रिय विभूतिले स्वदेश तथा विदेशमा समेत संस्थागत विद्यालयहरुका विभिन्न अतिरिक्त कृयाकलापमा आफूलाई अब्बल सावित गरेको भन्दै कार्यक्रमका सहभागिले विभूति व्यवस्थापनको प्रशंसा गरेका थिए ।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमूख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको प्रमूख आतिथ्यतामा सम्पन्न वाािर्षकोत्सव समारोहमा सिमरा पब्लिक ईगलिस स्कुल सिमराका प्रिन्सिपल बसन्त ढकाल, नीजि तथा आवासीय विद्यालय एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, जीतपुरसिमरा १४ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजुप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा वाईवा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका विभिन्न संस्थागत विद्यालय तथा अन्य संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । विद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक किशोरबाबु श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा प्लसटु तर्फ अध्ययनरत विद्यार्थीहरुले फुड फेस्टिबलको आयोजना समेत गरेका थिए । विद्यार्थीहरुद्वारा विविध संस्कृति झल्कने गित तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा अभिभावहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश