फलामे गेट ढल्दा चेपिएर दुई बालक गम्भीर घाइते

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ फागुन ३, शनिबार (१ महिना अघि)
  • ४८४ पटक पढिएको
फलामे गेट ढल्दा चेपिएर दुई बालक गम्भीर घाइते

बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा स्थानीय अरुण खनालको घरको फलामे गेट ढल्दा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

उनिहरुको बिरगंज स्थित न्युरो र बयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले बतायो ।

शुक्रबार साँझ फलामे सलाइडिङ्ग गेट लगाउने क्रममा अचानक ढल्दा स्थानीय बिदुर लामिछानेका ६ बर्षका छोरा रिदम लामिछाने र दुर्घटना भएको घरका धनी समेत रहेका खनालकी छोरी ७ बर्षकी रोनिसा खनाल घाइते भएकी हुन् ।

बालिका रोनिसाको नाक आँखा र छातीमा चोट लागेको छ । उनको बयोधा अस्पतालमा र बालक रिदमको टाउको पछाडी चोट लागेको अवस्था न्युरो अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बालिका बुवा अरुण खनालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश