बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाका सबै सहकारी संस्थालाई परिपत्र गर्दै ऋण लिएर नतिर्नेको धितो लिलाम गर्न भनेको छ ।
यस्तै उसले सहकारी नियमावली २०७४ अनुसार ऋण तिर्न आलटाल गर्नेहरुको नाम नामेशी सहित कालोसूची प्रकाशित गर्न निर्देशन दिएको छ ।
सहकारी ऐन २०७४, नियमावली ०७५ र जीतपुरसिमरा उपमहानागरपालिका सहकारी ऐन २०७५ को परिच्छेदहरु नै उल्लेख गरी ती ऐनमा भएको ब्यवस्था समेत खुलाई ऋण असुल गर्न पत्रमा भनिएको छ ।
उल्लोखित कानुनका परिच्छेद र दफाहरुमा भएका ब्यवस्थाहरु अपनाई भाखा नाघिसक्दा पनि साँवा, ब्याज नतिर्ने ऋणीसँग कानुन अनुसार ऋण असुल उपर गर्न यस पालिका सहकारी संस्थाहरुलाई अनुरोध गर्दछ ।
सहकारीबाट ऋण लिएर नतिर्ने प्रवृती बढेको गुनासो प्रति भम्भिर ध्यानाकर्षण भएको जनाउँदै पालिकाले सहकारीहरुलाई ऋण असुलीका लागि कडा शब्दमा निर्देशन समेत गरेकोे छ ।
कानुनी प्रावधानको वेवास्था गरि समयमै ऋण नतिर्ने ऋणीहरु विवरण सहकारी नियमावलीको ३८ बामोजिम नाम नामेशी सहित कालोसूची प्रकाशित गर्न यस उपमहानगर पालिका सबै सहकारी संस्थाहरुलाई निर्देशिन गर्दछ ,पत्रमा भनिएको छ ।
यही माघ २३ गते लेखिएको सातौं तहका अधिकृतको हस्ताक्षर सहितको पत्रमा ऋण असुलीमा कडाई गर्न उपमहानगरपालिकाले सहकारीहरुलाई भनेको हो ।
उपमहानगर पालिकाको परिपत्रले सहकारीकर्मीहरुमा हौसल्ला बढेको खराव ऋणीहरुमा डर पैदा भएको जीतपुरसिमरा”४, औराहा स्थित घण्टिमाई साकोसकी अध्यक्ष कोपिला सिंखडाले बताईन् ।
उपमहानगरले सहकारीहरुलाई लेखेको परिपत्र: