सिमरा ।
बाराको कोल्हबी ४ सपहीमा रहेको सपही कलेजको १२ औ वार्षिकोत्सब शुक्रवार एक कार्यक्रमको बिच कलेज प्राङ्गणमा सम्पन्न भएको छ ।
वार्षिकोत्सबको बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले पानसमा दिपप्रज्वलन गरेर उदघाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका सांसद मैनालीले छोटो समयमा यस सपही कलेजले प्रगतीको बाटोमा पुगेकोले सम्पुर्ण कलेज प्रशासन,क्याम्प प्रमुख,कलेज व्यवस्थापन समिति,कार्यरत शिक्षक शिक्षिका बिद्यार्थी सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
उनले अहिलेसम्म आफ्नो सिफारिसमा यो कलेजको लागि बजेट ल्याउन नसके पनि भोलिका दिन प्रदेश सरकार र संघीय सरकारको तर्फबाट बजेट ल्याइ आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा कजेजबाट तह उतिर्ण गरि शिक्षक सेवा आयोग र निजामती सेवामा नाम निकाल्न सफल पुर्व: विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।
शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल अस्मिता सिग्देल रिसाल, इन्दिरा अधिकारी लगाएत ६ जनालाई कलेजले सम्मान गरेको हो ।
यसैबिच उद्घाटन कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी,क्याम्पस सभा अध्यक्ष केवल प्रसाद चौधरी,पुर्वकलेज व्यवस्थापन समिति सदस्य एवम समाजसेवी गोबिन्द पौडेल,कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल,कोल्हबी ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेत,श्री नेरामाबि सपहीका प्रअ भुनेश्वर चौधरी,जनता माबि ककडी परसौनाका प्रअ चन्द्रदेव कुशवाहा,समाजसेवी पुरनदेव चौधरी,रबिन्द्र पनुहर,भेष बहादुर ढकाल,नारायण अधिकारी,राजेश्वर थापा,रामचन्द्र साफी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।