सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका घर टहराहरुमा डोजर चलाएको छ ।
उपमहानगरपालिकाले वडा नम्बर १५ स्थित डुमरवानामा सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन डोजर चलाएको हो ।
वडाको डुमरवाना स्थि भारती चोकदेखि पोता जाने बाटोमा अबैध संरचना हटाउँन नगरले गरेको आग्रह अटेरी गरेर संरचना नहटाउने विरुद्ध बिहीबार डोजर चलाउनु परेको उपमहानगरपालिकाले जनाएको छ ।
पटक पटक सूचना प्रशारण गर्दै स्थानीयलाई सडकको मापदण्ड ३० मिटर भित्र पर्ने संरचना हटाउन आग्रह गरेको थियौँ,नगरप्रमुख राजन पौडेलले बताउनुभयो । उपमहानगरपालिकाको कार्यालय र वडा न १५ को कार्यालयले तीन पटक सुचना निकालेर बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा हटाउन वडा बासीसंग अनुरोध गरेपनि अटेर गरेको नगरप्रमुख पौडेलले बताए ।
स्थायनीहरुले नगर र वडाको पटक पटकको आदेशको पालना नगरेपछि बिहीवार डोजर लगाएर उक्त घर र टहरा हटाईएको जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले बताएका छन । बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा हटे पछि अब दुई तर्फी नाला र स्वच्छ खानेपानीको पाईप जडान गर्नको लागि टेण्डर आव्हान भईसकेको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
उपमहानगरले यो भन्दा पहिला जीतपुर गौशाला,फत्तेपुर बजारमा बनाईको घर टहरा र सिमरा स्थित बजारमा समेत बनाईएको संरचना माथी डोजर चलाएर उपमहानगरको स्वामित्वमा ल्याएको उपमहानगरले जनाएको छ ।