जीतपुरसिमराका पाचौं तहका कर्मचारीको आन्दोलन स्थगित धर्ना स्थगित

जीतपुरसिमराका पाचौं तहका कर्मचारीको आन्दोलन स्थगित धर्ना स्थगित

सिमरा ।

स्तर तह वृद्धिमा ढिलासुस्ती गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरुले ५ दिन देखि उपमहानगरपालिकाको प्राङ्गनमा गर्दै आएको धर्ना कार्यक्रम स्थगित गरेका छन ।

उपमहानगरपालिकाको नगरप्रमुख र उपप्रमुखले माग पूरा गरिदिने मौखिक आश्वासन दिएपछि पुस १९ गते देखि गरिदै आएको आन्दोलन स्थगित गरिएको धर्नामा बसेका एक कर्मचारी सिद्धार्थ चौधरीले जानकारी दिए ।

मौखिक आश्वासनपछि पेन डाउन र धर्ना कार्यक्रम स्थगित गरिएको उनले बताए। उपसचिव शिवजी प्रसाद सहित ३३ जना पाचौं तहका कर्मचारी उपमहानगरपालिकाको कार्यालयको प्राङ्गनमा धर्ना दिएका थिए । पटकपटक प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ध्यानाकर्षण गराउँदै आएपनि तह वृद्धिमा चासो नदेखाएको भन्दै कर्मचारीहरु धर्नामा बसेको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश