|विरामीलाई अस्पतालबाट स्टेचरमा अन्यत्र लाँदै विरामीका आफन्त । फोटो :पत्रकार साजिर मंसुर ।
बारा । जिल्लाको सदरमुकाम कलैयामा रहेको प्रादेशिक अस्पतालको लापवाहीका कारण सर्वधारण विरामीले कष्ट भोग्नु परिरहेको छ । कर्मचारी र चिकित्सकहरुको बद्मासीको सिकार अस्पततालको अवस्था अस्तब्यस्त बनेको छ । सरकारी अस्पतालका सामाग्री विगारेर कमिसन खाँदै सामान्य परिक्षणका लागि समेत विरामीलाई बाहिर महँगो मुल्य तिरेर गर्न बाध्य बनाउने गरिएको पाईएको हो ।
मंगलबार एकजना विरामीलाई अस्पतालकै स्टेचरमा राखेर उनका आफन्तले घिसार्दै लगेको भिडियो सहितको सामाग्री भाईरल बनेको छ । अस्तपालको रेक्सरे मेशिन बिग्रीएको भन्दै विरामीलाई सेलिन सहित आफन्तको जिम्मामा बाहिर पठाउँदा साथमा चिकित्सक समेत थिएनन् ।
अस्पतालमा आएका विरामीलाई आफन्तको जिम्मामा ग्रावेल सडकमा स्टेचर घिसार्दै गरेको दृष्यले अस्पतालको बेथीति मात्रै उजागर नगरेर सरकारहरुको जनताप्रतिको जिम्मेवारी उदाँङ्गो पारेको कलैया २ का स्थानिय मुकेश सोनारले बताए ।
उक्त भाईरल फोटो तथा भिडियो नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य साजिर मंसुरले खिचेर आफ्नो फेसबुक पेजमा पोष्ट गरेका छन् ।
उनले प्रदेश सरकारलाई थुक्क भन्दै मुख्यमन्त्री,स्वास्थ्य मन्त्री सहितको तत्कार राजिनामा माग रेका छन् ।
उनको भनाई जस्ताको त्यस्तै “थुक्क छ मधेस प्रदेश सरकारलाई । नाक फुलाएर चिप्ला चिप्ला गाडिमा घुमेर हुन्न है मुख्यमन्त्री,स्वास्थ्य मन्त्री,प्रदेश सान्सद,अस्पताल सन्चालक तथा मेसु र डाक्टर साबहरु प्रादेशिक अस्पतालबाट स्ट्रेचरमा राखेर निजि क्लिनिकमा गरिब असहायहरु सामान्य एक्सरे गराउन गएको देखेर लाज लाग्दैन तपाईहरुलाई ? सक्ने भए गर्नुस नभए तुरुन्त राजिनामा दिनुस् ।“
पत्रकार मंसुरले मंगलबार विहान १० बजेर ५३ मिनट जाँदा पोक्ष् टगरेको स्टाटसपछि कलैया उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाराको टोलिले अस्पतालमा छड्के अनुगमन गरेको छ । पालिकाका मेयर विनोद साह तथा प्रजिअ बसन्त अधिकारी सम्मीलित अनुगमन टोली अस्पतालमा लापरवाहीको चाँङ्ग भेटिएको जनाएका छन् ।
अनुगमनका क्रममा ठुलो संख्यामा चिकित्सक सहित कर्मचारीहरुको अस्पतालमा भेटिएनन् । चिकित्सक सहित १९ जना स्वास्थकर्मी तथा कर्मचारीहरु मध्य कोही विदा नै नलिई अनुपस्थित थिए । भने कोही हाजिर गरेका कर्मचारी समेत अस्पतालमा भेटिएनन् ,जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
लाखौ जनताको स्वास्थ्यको जिम्मा लिनुपर्ने सरकारी अस्पताल कर्मचारी र चिकित्सकहरुकै बदमासीका कारण लथालिङ्ग देखियो ,उनले भने ।
अस्पतालमा विरामीले पाउने सेवा, निःशुल्क औषधी र उपचार पाउने अवस्था छैन । फार्मेसीमा ओषधी छैन । क्यान्टीनको प्रबन्ध नाजुक छ । राज्यको करोडौं सम्पत्ती सर्वधारण बिरामीका लागि नभई त्यहाँका कर्मचारी चिकित्सको कमाईखाने भाँडो बनेको देखिन्छ ।
अस्पताल आएका विरामीलाई बाहिर रेफर गर्दा सरकारी अस्पतालमाथि विश्वसनीयता घटदै गएको गुनासोपछि अनुगमनमा गरिएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए ।
अस्पतालको क्यान्टिन उस्तै छ, फोहर र अस्वस्थकर खाना खाजा लिन विरामी बाध्य छन् । स्वास्थ खाना नास्ता नपाएको, बाहिर भन्दा महंगो शुल्क लिने गरेको गुनासो ब्याप्त छ । क्यानटिनलाई तुरुन्त हटाई ब्यवस्थीत रुपमा नयाँ क्यानटिन राख्ने प्रक्रिया अगाडि बढाईएको प्रजिअ अधिकारीले बताए ।
अस्पताल समयमा स्वास्थ्यकर्मीहरुले २ घण्टा डिउटी समेत नगर्ने गरेको पाईएको प्रजिअ अधिकारीले बताए । प्रादेशिक अस्पतालको फार्मेसीमा जिवनजल, रुघाखोकी, ज्वरोको जस्ता प्राथमिक उपचारमा आवश्यक सामान्य औषधी समेत फार्मेसीमा छैन, उनले भने । हामी यस विषयमा गम्भीर छौं । आगामी दिनमा यस्तो समस्या दोहरीन नदिने प्रयास आफुले गर्ने प्रजिअ अधिकारीले बताए ।
यस्तै अस्पताल अनुगमनपछी कलैया उपमहानगरपालिका मेयर विनोद साहले अस्पतालको अवस्था देख्दा दुःख लागेको बताए । यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आवश्यक समन्वय गरेर यसको सुधारमा लाग्नेछौं । अस्पताल जस्तो संवेदनशिल स्थानमा हुने बदमासी अथवा लापरवाहीले छुट पाउँदैन र पाउनु हुँदैन, साहले भने ।