सिमरा ।
बाराको देवताल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अरुण सिंह मोटरसाइकल दुर्घटनापछि मेरुदण्ड उपचारको क्रममा हाल कलैयास्थित ट्रमा सेन्टरमा उपचाररत् छन् ।
करिब एक हप्ता पहिले वीरगञ्जबाट कलैया जाँदै गर्दा भएको दुर्घटनामा उनी गम्भीर घाइते भएका हुन् ।
उपचाररत् सिंहले अस्पताल भर्ना भएपनी वडाका विभिन्न सेवाग्राहीलाई अस्पताल नै बोलाउने गरेका छन् ।
अस्पताल भर्ना भएका उनी हिडडुल गर्न नसकेपनी जनताको काम रोक्नु हुदैन भन्ने मान्यता राख्दै सेवा दिदै आएका हुन् ।
मधेस आन्दोलनका बेलादेखि राजनीतिमा सकृय देखिएका सिंहले प्रहरी दमनसंगै जेलको बन्दी जीवन समेत बिताए ।
लामो समय शिक्षण पेसाको समेत अनुभव बटुलेका उनी शिक्षक संगठनमा समेत विभिन्न आन्दोलनको नेतृत्व गर्दै शिक्षक हकहितमा लागि परे ।
आफ्नो पेसाबाट समाज परिवर्तन गर्न सकिँदैन भन्ने मान्यताले शिक्षण पेसा त्यागेर राजनितिमा होमिएका सिंह स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा भारी मतले बिजय हासिल गरे ।
गाउपालीकाको बेथितिका विषयमा कैयौं पटक बिरोध र खबरदारीमा उत्रिएका उनि सिङ्गो गाउपालिकालाई निष्पक्ष सेवा दिनुपर्ने र भ्रस्टाचार अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छन् ।
अस्पतालको शैयाबाट जनताको सेवा गर्ने र वडाको कामकाजमा कुनै कसुर बाकी नराख्ने सम्भवत उनी पहिलो वडा अध्यक्ष हुन् ।