राम राजा क्याम्पस कलैयाको बार्षिक उत्सवमा २२५ जना विद्यार्थी पुरस्कृत

राम राजा क्याम्पस कलैयाको बार्षिक उत्सवमा २२५ जना विद्यार्थी पुरस्कृत

|क्यााम्पस सभाकोे उद्घाटन गर्दै कलैया उपमहानगरप्रमुख विनोद साह लगायत ।

बारा_ जिल्लाको सदरमुकाम कलैयामा रहेको राम राजा(मो.वि.शाह) बहुमुखी क्याम्पसको ४३ औं बार्षिकत्सव तथा १७ औं क्याम्पससभा सोमबार सम्पन्न भएको छ । क्याम्पस परिषरमा आयोजित उत्सव सहित सभाको कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गर्नु भएको थियो ।

प्रमुख अतिथी साहले क्याम्पसको विकासमा पालिकासँधै साथमा रहेको बताउनु भयो । स्तरिय र थप संकाय संचालन गरेर तराईका मधेशबाट अन्यत्र पढ्न जाने विद्यार्थी रोक्न सकेमात्रै पनि ठुलो उपलब्धी हुने नगरप्रमुख साहले भन्नु भयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी देवी, कलैया उपमहानगरपालिकाकी उपप्रमुख रोशन प्रविन,नेकपा एमाले बारा अध्यक्ष अध्यानन्द पाण्डेय, नेपाली काँग्रेस बाराका जिल्ला उपसभापनि मनोज भट्ट, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास,क्याम्पस प्रमुख निवेश तिमल्सिना, महादानवीर मोहन विक्रम साहका नाती किरण विक्राम साह र रामलाल चनावालाका नाती उद्धव साह लगायतको कार्यक्रममा सहभागिता थियो ।

म.वि.शाहका छोरा दिपविक्रमले २०३८ सालमा आफ्ना बुवाको नाममा क्याम्पसको नाम राख्नेगरी जग्गा सहित १५ कोठे क्याम्पस भवन बनाईदिएका थिए । यस्तै वृद्धा अवस्थामा समेत टोकरीमा चनाका परिकार विद्यालयहरुमा पुगेर बेच्ने चनावालाले आफ्नो कमाईबाट जोडेको २ कठ्ठा जमिन क्याम्पसलाई दान गरेका थिए ।

बार्षिक उत्सवका अवसरमा आयोजि विभिन्न प्रतियोगिता सहभागी २२५ जना विद्यार्थीलाई प्रमाण पत्र एवं ट्रफि सहित पुरस्कृत गरिएको थियो । उक्त अवसरमा क्याम्पसले भलिबल, चेस, खोखो, रनिङ्ग, कवडी,ब्याडमिन्टन, कविता, वत्तित्वकला, निवन्ध लेखन लगायतका ८ विदामा प्रतियोगिता आयोजना गरिएको थियो ।

एकहजार ३३२ जना विद्यार्थी अध्यायनरत क्याम्पसमा हाल शिक्षा र बाणिज्य संकाय मात्रै संचालनमा छन् । बार्षिक उत्सवका अवसरमा क्याम्पस प्रमुख तिमल्सिनाले कानुन संकाय थप हुने बताउनु भयो ।

हाल बाणिज्य र शिक्षा संकाय मात्रै रहेको क्याम्पसमा आगामी शैक्षिक सत्र देखी कानुन संकाय थनिने छ । आवश्यक प्रकृया पुरा गरेकाछौं । डिनको कार्यालय सकारात्मक छ । कनै चलखेल नभएका यसैबर्ष सोको सम्बन्धन प्राप्त हुनेमा विश्वस्त छौं, तिमल्सिनाले भन्नु भयो । यससँगै बाणिज्यमा थप शैक्षिक संकाय विजनेस, होटल ब्यवस्थापन, कम्प्युटर लगायत हुने उहाँले बताउनु भयो ।

क्याम्पस प्रमुख तिमल्सिनाका अनुसार सभाका् बन्दसत्र भने पौष १६ गते हुने छ । बन्द सत्रमा २०८०।०८१ को बार्षिक प्रतिवेदन तथा चालु आ.व.०८१।०८२ को प्रस्तावित नीति तथा कार्यक्रम माथी छलफल हुने छ ।

गतबर्षको आर्थीक प्रतिवेदन र चालुबर्षको प्रस्तानिव बजेट प्रस्तुत माथी छलफलगरी पारित गर्ने छ । भने क्याम्पसलको विधान शंसोधन सहित विविध विषयमा बन्द सत्र केन्द्रित रहने उहाँले बताउनु भयो ।

औपचारिक कार्यक्रम क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर प्रसाद चौरसिया अध्यक्षता एवं उपाध्यक्ष एम.समिउल्लाको स्वागत र सहायक क्यापस प्रमुख अमित मिश्रको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश