सिमरा ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक (डीएसपी) चिरन्जीवी दाहालको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।
करिब १० महिना अघि सिमरा बारा आएका दाहाललाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा पठाइएको प्रहरी प्रधान कार्यालयको स्रोतले जानकारी गराएको छ ।
दाहालको ठाउमा इलाका प्रहरी कार्यालय सिमरा बारामा प्रहरी नायब उपरिक्षक (डीएसपी) शुभद्रा लामा वाईवालाई पठाईने प्रहरी प्रधान कार्यालयले जनाएको छ । वाईबा सिमराको पहिलो महिला प्रहरी प्रमुख बन्ने भएकी छिन ।