सिमरा ।
जीतपुरसिमरा उपमहानगरले विद्यालय स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गरेको छ । नगर स्तरीय योजना अन्तर्गत विद्यालय स्तरमा बिभिन्न खेल कार्यक्रम आयोजना गरिरहेको उपमहानगरले शुक्रबार नेरामावि सिमराको समन्वयमा सो प्रतियोगिता आयोजना गरिएको हो । नगरका ८ वटा विद्यालयले खेलमा सहभागीता जनाएको छ ।
खेलअघि औपचारिक कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख राजन पौडेलले विद्यालयलाई खेलाडी उत्पादनको केन्द्रका रुपमा बिकास गर्न उपमहानगर लागि परेको बताए ।
पछिल्लो समय नगरको शैक्षिक क्षेत्रको समुन्नत बिकासका लागि लगानी केन्द्रिय गरेको उपमहानगरले लगानीको प्रतिफल राम्रो पाईरहेको प्रती प्रमुख पौडेलले खुशी व्यक्त गरे ।
कार्यक्रमलाई समन्वय गरेको विद्यालयका प्रधानाध्यापक शंकर आचार्य , सहायक प्रधानाध्यापक अच्युत देव सिटौला, उमेश चौधरी , विद्यालय संयोजक डम्बर खड्का लगाएत विभिन्न सहभागी विद्यालयका प्रतिनिधि शिक्षकहरुको उपस्थिती रहेको थियो ।
उपमहानगरले नगरका सबै सामुदायिक विद्यालयलाई विभिन्न प्रतियोगिता संचालनको जिम्मेवारी दिई प्रतियोगिता सम्पन्न गरिरहेको छ ।