सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको विषयलाई लिएर उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा परेको रिट खारेज भएको छ ।
१० असारमा सम्पन्न नगर सभा सञ्चालनको विषयमा असन्तुष्ट समुहको नेतृत्व गर्दैै वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले दायर गरेको रिट माग दावि खारेज भएको हो ।
माननिय न्यायधिश ऋषिराम निरौला र माननिय न्यायधिश भरत लम्सालको संयुक्त ईजलासले निर्देशनात्मक आदेशसहित रिट खारेज गरेको हो ।
मेयर राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध उपमेयर भोलाप्रसाद अधिकारीसहित ९१ जनाले २३ असारमा रिट दायर गरेका थिए ।
अदालतको फैसलासँगै नगर सभा विवाद टुङ्गिएको छ ।