मधेश सरकारले दुग्धमा प्रति लिटर २ रुपैंयाका अनुदान दिने

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर २९, शनिबार (१ हप्ता अघि)
  • १९० पटक पढिएको
मधेश सरकारले दुग्धमा प्रति लिटर २ रुपैंयाका अनुदान दिने

मनहर्वा,बारा :जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार डुमरवाना बहुमुखी क्याम्पस परिषरमा आयोजित साधारणसभाको मधेश प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथी मन्त्री क्षेत्रीले कृषि क्षेत्रको विकास र विस्तारमा धेरैकाम अघि सारेको बताउनु भयो । दुध र दुग्धजन्य पदार्थको बजारमा पछिल्लो समय देखिएका समस्या समाधानमा सरकार गम्भीर रहेको उहाँको भनाई थियो । मधेश सरकारले दुग्ध उत्पादनका आधारमा प्रति लिटर २ रुपैंयाका दरमा प्रोत्साहन अनुदान दिने तयारी गरिरहेको र केही दिनमा सुचना आउने बताउनु भयो ।

यस्तै मधेश प्रदेश सभासदस्य देवनारायण प्रसाद चौधरीले मधेश कृषिको उर्भर क्षेत्र भएको र यहाँको कृषि ब्यवसायलाई अगाडी बढाउन सहकारी संस्थाहरुको भुमिका अहमं रहेको बताउनु भयो । समग्र विकासमा सहकारीको योगदान सम्मान योग्य रहेकाले सरकारले ग्रामिण सहकारीहरुसँगको सहकार्यमा उत्पादन वृद्धिका काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशको दुग्ध विकास बोर्डका निर्देशक शंकर साह, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुरुषोतम् भट्टराई, डुमरवाना बहुमखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण प्रसाद साह,

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, १४ का चयन गुरुङ्ग, १२ का श्यामबाबु खाँ, १३ का हेमनाराण चौधरी, १६का हरिदेव खरेल, संस्थाका पूर्व अध्यक्ष नारायण बर्तौला ,टिकाराम न्यौपाने, समाजसेवी भरतबहादुर खड्का, अनिल मैनाली, चुडाहरी अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

१ हजार ४०३ सय महिला सहित २ हजार ८३३ सदस्य बिच दैनिक १५ हजार लिटर दुग्ध संकलन गर्दै आएको छ । सभाका अवसरमा संस्थाले १६ वटा उपकेन्द्र अन्तरगतका ३२ जना उत्कृष्ठ दुध उत्पादक किसानलाई पुरस्कृत गरेको छ । यस्तै पत्रकार प्रदिप गौतम्, कर्मचारीहरु सहित विभिन्न विधाका अन्य ८ जना गरी कुल ४० जनले सम्मान तथा पुरस्कार पाएको संस्थाका ब्यवस्थापक संतोष भुजेले जानकारी दिनुभयो ।

डुमरवान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष होमनाथ पंडितको अध्यक्षता, उपाध्यक्ष नारायण प्रसाद घिमिरे स्वागत एवं ब्यवस्थापक भुजेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश