सामान्य विवादलाई मुद्दा बनाएर घर चलाउँछन् विचौलिया, प्रहरी प्रशासनलाई सँधै सास्ती

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर १५, शनिबार (३ हप्ता अघि)
  • १४१ पटक पढिएको
सामान्य विवादलाई मुद्दा बनाएर घर चलाउँछन् विचौलिया, प्रहरी प्रशासनलाई सँधै सास्ती

बारा : कतिपय पालिकाहरुको न्यायिक समितिका उजुरी नहुँदा ईजलासका फर्निचरमा माकुराको जालोले ढाकेको छ । तर प्रहरीका विभिन्न यूनिट सहित जिल्ला प्रहरी कार्यालयलाई मुद्दा विवाद मिलाउन भ्याईनभ्याई छ । गत आईतबार जिल्ला प्रहरी कार्यालय परिसरमा मेला जत्तिकै भिडभाड थियो । उक्तदिन मात्रै करिब १५ वटा विवादमा समाधान सहित मिलापत्र गराउने र केहीलाई कानुनी प्रकृयाका लागि थुनामा हाल्ने काम गरिएको थियो ।

बाराका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले दैनिक दर्जनौं उजुरी सोको नियमित छलफलका कारण प्राय जिल्ला प्रहरी कार्यालयमा भिडभाड हुने गरेको बताउनु भयो । कतिपय सामान्य विषयहरुमा समेत दिनभरी छलफलमा बसी सहजीकरण गर्नु पर्ने हुन्छ । प्रहरी जनशक्ती ब्यवास्थापनमा नै असर हुनेगरी प्रहरीमा विवादका उजुरी आउने गरेका छन् । गल्ती गर्ने नउम्कीयोस् । दोषी नफसोस् । भन्ने विषयमा सचेत भएर यस्ता छलफलहरुबाटै निकास निकाल्ने काम गरिरहेका छौं, उहाँले भन्नु भयो ।

कतिपय साँधसिमना, पशुचौपायाले बालि नष्ट, भनाभन र सामान्य विवादलाई समेत ईसु बनाएर मानिसहरु प्रहरीकोमा आउने गरेका छन् । यस्ता सामान्य विषयमा गाउँटोलमै मिलाउन सकिन्छ । तर विवादितहरु अघिल्लो दिन एउटा र भोलिपल्ट अर्को पक्ष हामी अन्यायमा पर्यौं भन्दै लावालस्कर लिएर लिएर प्रहरीमै आउने गरेको पाईन्छ ।

साँध सिमानाको विवाद, हिंसाको विषय, सामान्य वादविवाद समेत पालिकाको न्यायिक समिति मार्फत मिलाउन सकिने प्रावधानहरु हुँदाहुँदै पनि प्रहरीमै आउने क्रम रोकिएको छैन । पालिकाका जनप्रनिधिले गर्ने फैसलामा राजनैतिक प्रभाव र आस्थाका आधारमा भेदभाव हुने भन्दै प्रहरीमा उजुरी आउने क्रम बढेको हो । कतिपय त अर्कोपक्षलाई देखाईदिने भने उजुरी लिएर आउने प्रचलन बारामा पाईयो,डिएसपी सापकोटाले भन्नु भयो ।

प्रहरीमा सामान्य विषयमा उजुरी बढ्नुको अर्को मूख्य कारण भनेको विचौलिया हुन् । विचौलियाका कारण जिल्ला प्रशासन र प्रहरीलाई सँधै सास्ती हुने गरेको छ । कलैयामा घर भएका, गाउँमा घरभै सदरमुकामा डेरागरी बस्ने जान्नेसुन्नेका रुपमा परिचय बनाएकाहरु छन् । विभिन्न पार्टी र पार्टीका भातृ संगठनका नेता कार्यकर्ताहरुको कारण पालिकाको न्यायिक समितिमा उजुरी न्युन पर्ने गरेको छ । त्यसको फाईदा विचौलियाले लिँदै आएका नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताउनु भयो । उनीहरुका कारण गरिब दलित निमुखालाई समस्या हुने गरेको देन्छि ।

उनीहरुले गाउँघरका सामान्य भन्दा सामान्य विवादलाई कमाईखाने भाँडो बनाउने गरेको पाईएको छ । गाउँका सर्वसाधारणका विचमा विवाद हुने वित्तिकै ठुलो मुद्दा बनाई जिल्लामा तान्ने र विवाद बढाउने उनीहरुको कामै हो । विवादलाई मलजल गर्ने र दुवैपक्षसँग विभिन्न बहानामा रकम लिने र घर चलाउने हो । यस्ता ब्यक्तिहरुका कारण प्रहरी प्रशासन समेत बदनाम छ । सदरमुकाम कलैयामा मात्रै एकसयबढीले यसैगरी विवादलाई कमाईखाने भाँडो बनाएर जीवन चलाई रहेका छन् ,उहाँले भन्नु भयो ।

पिडितलाई ढाड्स दिने । उनीहरुलाई तल राखेर माथील्लो तलामा रहेको प्रहरी प्रमुखको कक्षमा छिरेर नमस्कार गर्ने, अनि तल बसेका पक्षसँग भ्यालबाट हात हल्लाउने र तल आएर पिडितलाई डस्ने गर्दछन् । विभिन्न नाटक गरि देखिस मैले तेरो विषयमा एसपीसापसँग कुरा गरें । यती खर्च लाग्ने भयो भनी विवादीतसँग पालैपालो रकम असुल्ने विचौलियाहरु महत्वपूर्ण एउटा सुत्र हुनेगरेको छ ।

उनीहरुले छलफलको समय समेत आफु अनुकुल बनाउन प्रहरीलाई समेत प्रभावमा पार्दै आएका छन् । असुली धन्दा सकिएपछी छलफलमा बोलाउने । त्यतिन्जेल दुईपक्षको रिस समेत आफैं कम भएको हुन्छ । विषय खासैै ठुलो नभएकाले गर्दा एकछिनको छलफलमा विवाद मिलिहाल्छ । प्रहरीले दुईपक्षलाई आईन्दा विवाद नर्गे सहमती पत्रमा हस्ताक्षर गराई पठाईदिन्छ ।

त्यतिबेला सम्म फोकटमा विवादितहरुको ठुलो रकम खर्च भैसकेको हुन्छ । खिस्स परेर घरजानुको विकल्प उनीहरुमा हुँदैन । अझ छलफलमा आफ्नो प्रभाव देखाउन आफ्नो पक्षमा बोलिदिन भन्दै दुबैपक्षले ८,१० जनाका दरमा मान्छे लिएर आउँछन् ।यसरी ल्याईका मान्छेका मोटरसाईकलको तेल, मासु चिउरा,रक्सी सहितको खाजा र उक्त दिनको ज्याला समेत दिनेगरेको सुनिन्छ ।

यस्ता विचौलिया जो नियमित विभिन्न विषयका उजुरी लिएर आउने र छलफलमा भाग लिने गरिरहेका छन् । यद्यपी प्रहरीसम्म पिडितसँग रकम लेनदेन गरेको एउटा पनि उजुरी छैन । विना आधार प्रमाण कसैलाई विचौलियाका रुपमा कार्वाही गर्न समस्या हुने प्रहरी नायव उपरिक्षक सापकोटाले भन्नुभयो ।

यस्ता विचौलियाले कतिपय स्थानमा बलात्कार , ज्यान मार्ने उद्योग, महिला,बालबालिका र जेष्ठ नागरिकसँग सम्बन्धी मुद्दा समेत रकमको लेनदेनमा गाउँ घरमै मिलाउने गरेको पाईएको छ । यस्ता विषयमा प्रहरीले जीरोटोल अर्थान शुन्यसहनशिलताका आधारमा कार्वाही गर्नु पर्ने हुन्छ । थाहा पाएसम्म प्रहरीले एक्सन लिन्छ तर लेनदेनको विषयमा चुँईक्क कोही बोल्दैन । म अन्यायमा परेँ भनेर उजुर आउँछ । ५,७ दिनपछी समाधान भयो भन्ने खबर पाईन्छ ,उहाँले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश