|विषय सन्दर्भका लागि साँकेतिक रुपमा मयूरी ई रिक्सा ।
शनिबार अर्थात मंसिर ८ गते राती म जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वा स्थीत आफ्नै घरको कोठामा बसेर कम्युटरमा एउटा विषयमा समाचार लेखिरहेको थिंए ।
श्रीमती शुष्मा जी बाहिर कोठामा मुल गेट बन्दगरेर टिभि हेरिरहेकी थिईन् । बालबच्चा बुवा निदाई सक्नु भएको थियो । समय ठिक सवा ९ बजेको थियो । हामी आफ्नै धुनमा ब्यस्त थियौं । ढोका बाहिरबाट ढोका खोल्नु त भन्दै ढ्याक ढ्याक गरेको आवाज आयो । भित्र मैलेपनि सुनिरहेको थिंए । श्रीमतीले कसैले बोलाएको भन्दै आउन आग्रह गरिन् । उनलाई ढोका खोल्ने आँट पक्कै भएन छ ।
मनै अघि सरें उनी मेरोपछी । ढोका खोलर म बाहिर निस्कींय । अगाडी दुईजना मधेरीमूलका मानिस थिए । मैले के हो भन्दै गर्दा उनीहरुले एक स्वरमा हाम्रो मयूरि ई रिक्साको चार्ज सकियो । चार्ज गर्ने ठाउँ दिनु पर्यो भने । मैले ठाउँ देखाईदिँए । सोही क्रममा दुईमध्यका एकजना पाका मान्छेले आफु फलफुल ब्यापारि भएको । घर बिरगजंमा, परवानीपुर,लालबन्दी र ढल्केबरमा समेत तीन तले घर रहेको । दुईवटा यात्रुबस रहेको ,फलफूलका मन्डी रहेको सुनाए । कुराका हिसावले मयूरी पनि उनकै थियो ।
बालबच्चाले भरतताल लैजान कर गरिरहेका थिए । आज उतै गएर आएका हौं । गाडीमा चार्च नहुने समस्याले दुःख पायौं भने । मलाई उनी धनी गरिब जे वा जो भएपनि रातीको समयमा अबर परेर सहयोग माग्दा सकेको सहयोग गर्नु एउटा मानिसको कर्तब्य थियो र हो पनि ।मैले तिनका सबैकुरा सुनिसकेपछी कलैया पिलुवा सडकमा मेरै घर अगाडी रोकी राखेको मयूरी चार्जका लागि चालकले घरमा ल्याए । मयूरीमा त ३,४ बर्षका बालबालिका सहित अन्य तीन जना महिला थिए । साँडे ९ बजे मयूरीमा जंगलको बाटो बालबालिका महिला लिएर किन हिन्नु भएको भन्ने प्रश्न गरें ।
ती पाका स्वोघोषित धन्याड्यले मयूरी ठाउँठाउँमा चार्ज गर्दै आउँदा यो बेला भयो भने । भरत तालमा खाजा खाएर ५ चैं बजे हिनेको ,बाग्मतीमा धेरैबेर चार्ज गरियो । राम्रोसँग चार्च नै भएन, उनले सुनाए । खाना भयो त मैले सोधें । उनले भने छैन ५ बजे त खाजा खाएकोे हो, उनले भने । त्यतिबेला सम्म साँडे ९ बजिसकेको थियो ।
त्यतीबेला सम्ममा मयूरी चार्जका लागि आयो । विद्युत प्लकमा जोड्ने तरखर हुँदै थियो । अव लाईन गयो । अघिल्ला दुईदिन रातभरी लाईन गएकाले यो लाईन कटाई हिजोकै निरन्तरता होला भन्ने कुरा भयो । त्यसपछि बिरगजं सम्म पुग्ने विकल्प खोजी सुरु भयो । अन्य सवारी आउँछकी भन्दै सोद्दै थिए । तर त्यो अवस्था थिएन । विकल्प भनेको स्थानिय अटो थियो ।
बोलाई दिउँ भनेर सोधें । हुन्छ त भने । मध्यरातमा कलैया गएर एक्लै फर्किने कुरा अटो चालकका लागि पनि सहज थिएन । यद्यपी मेरो अनुरोधलाई स्विकार गर्दै ८ सय दिए जान्छु भने । त्यो सुनिरहेका बालबच्चा महिलाको जिम्मा लिएर हिनेका पाका मान्छेले यसैलाई ठेलठाल गरेर विस्तारै लाने सुनाए । मैले अटोवाला दाईलाई सरी भनें । उनी सुतिसकेका थिए । उनको निद्रा मैले गर्दा विच्कीयो । दिनभरी ग्रामिण सडकमा अटो त्यसपछि मेरो दिमाग नमज्जाले हल्लियो । रातभर सोचिरहें ।
चार ठाउँमा घर, दुईवटा बस, फलफुलको ठुलो ब्यापार लाखौंको दैनिक आम्दानी । प्रभु आखिर केका लागि । आधारातमा जंगलको बाटो त्यसमाथी निकुन्ञ । जहाँ दिउँसै बाघले यात्रु तान्ने प्रयास भैरहेका घटना, मंसिर महिना ,साँझको जाडो चार्ज नटिक्ने मयूरी, मयूरीमा सवार महिला र बालबालिका हैट !
एउटा थोत्रे मोटरसाईकल भएको सामान्य जीवनयापन गर्ने मेरालागी त्यो अवस्था हुन्थ्यो । या अन्य सामान्य मानिसलाई समेत त्यस्तो अवस्था आउँथ्यो भने त्यहाँ पैसाले पक्कै माने राख्दैन थियो होला । ऋणधन गरेभएपनि शुरक्षा जोकोहीका लागि पहिलो प्राथमिकतामा हुन्थ्यो । त्यो त परै जावस् सर्लाहीको भरततालबाट मेरो घर आउँन सामान्य सवारीलाई बढिमा पौने २ वा २ घण्टा मात्रै लाग्छ । मयूरी ठिकठाक हुँदा ४ रै घण्टा लाग्ला । तर चार्च कमजोर भएको साधन साथमा बालबालि र महिला ।
विचमा वागमति, चन्द्रपुर, निजगढ पर्छन् । उनले जस्तो चाहे त्यस्तै होटलमा खाना खान ख्वाउन सक्थे होला । तर त्यस गर्न उनलाई जरुरी लागेन । मयूरीमा रहेका बालबालिका र महिलालाई हेर्दा गाडीमा खानेकुरा भएको र खाँदै हिनेका रैछन् भन्ने भान कतै भेटिन । उदेक लाग्यो । मैले बारीमा साग छ । चुलो छ भन्नु हुन्छ भने खाना बनाईदिन्छौं । यतै बस्नुस् । भोली उज्यालो भएपछि सहज होला सम्म भने । मानवताका हिसाबले रातीको समयमा अबर परेर आउने पाहुनालाई गर्ने त त्यहीन हो । छिटोछरितो खाने र आरामले सुत्ने ब्यवस्था गरिदिने । मैले त्यही गरिदिने प्रस्ताव गरें ।
तर किनहो मेरो प्रस्ताव उनले स्विकार गरेनन् । पैसा तिर्नुपर्छ भन्ने लाग्यो या किन दुःख दिनु भन्ठाने । ठिकैछ ,मैलै मेरो कर्तब्य पुरा गरें । स्विकार गर्ने नगर्ने उनीहरुका कुरा । तरपनि साँडे १० बजे पछिनै उनीहरु जसोतसो गए । पुगे पुगेनन् वा पक्कै पुगे । थाहा छैन । मयूरीको चार्जर विग्रिएकैले होला ।उनीहरुले भने जस्तो आधा घण्टामा मयूरी चार्ज भएन । एकफुटी मुस्कीलले चार्ज हुनासाथ चार्जको फ्यूज खस्ने समस्या भैरह्यो । यो मेरो वा उनको वसको कुरा थिएन । जेहोस् । विस्तारै मेरो आँगनबाट मयूरी बल्लतल्त पिच चढ्यो । पिचमा समेत मयूरीको गती निकै धिमा थियो । त्यो म हेरिरहेको थिँए । पर सम्म हेरिरहें । अव देखीन छाड्यो । तब ढोका बन्द गरे सुत्न पलङ्गमा पल्टिँए । मनमा अनेक प्रश्त उब्जीरहेकै थिए ।
तर मलाई भने ती पाका मान्छेसँगका कुरा ब्यवहारले रातभरी निदाउन दिए । आखिर ति धनाड्य भनौंदाले धाक मात्रै लगाएका हुन् । त्यसो हो भने उनको धाक लाउने चरित्र होला । मलाई धाक लाउँदा उनलाई के सन्तुष्टी मिल्यो । मलाई थाहा हुने कुरा भएन ।
यदी उनी साँच्चीकै चार पाँच ठाउँमा घर, गाडी, ब्यापार भएकै मान्छे हुन् भने भगवान यस्ता दरिद्र धनी संसारमा नदेउ । जस्ले समयको महत्व बुझेन, जोखिम बुझेन , संगै भएका लालाबाला र महिलाको भोक देखेन, अवस्था अनुसार पैसाको मुल्य बुझेन, बुज्दैन । त्यस्तालाई पाउना सम्झेर मैले गरेको सहयोग अन्तत मेरै दिमागलाई भारी हुनगयो । तोईट । फरीपनि भगवान यस्ता दरिद्रधनीसँग मलाई भेट नगराई देउ प्रभु । बाँकी तपाईहरुको पालो ।