सौराहा, चितवन ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाको आयोजनामा दुई दिन सम्पत्ति शुद्धिकरण निवारण, कर ब्यवस्थापन तथा संस्थागत क्षमता विकास तालिम सुरु भएको छ ।
चितवनको सौराहमा सुरु भएको तालिममा बारा, पर्सा,मकवानपुर,रौतहट र चितवनका ३०वटा १५ करोडबढी कारोबार गर्ने साना किसान कृषि सहकारी संस्था लिमिटेडका ३० जना कार्यालय प्रमुखहरु सहभागी छन् ।
सहकारी संस्थामा सम्पत्ति शुद्धिकरण निवारण र कर ब्यवस्थापनमा सचेत एवं सहजीकरण गर्ने उदेश्यले पौष १९ र २० गतेका लागि विशेष तालिमको आयोजना गरिएको वित्तिय संस्थाका शाखा प्रबन्धक भोलानाथ रेग्मीले बताउनु भयो ।
तालिममा आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनका कर अधिकृत खडानन्द पाण्डे र कृषि विकास बैंक लिमिटेडको शाखा बिरगजंका प्रबन्धक दिपक बराकोटीले सहभागीलाई सहजीकरण गर्ने उहाँले बताउनु भयो ।
तालिम उद्घाटन सत्र वरिष्ठ अधिकृत विष्णु प्रसाद कालाखेतीको स्वागत एवं अर्का सहायक निरजसिंह ठकुरीको संचालनमा सम्पन्न भएको हो ।