कुमारी बैंकको उद्यमशीलता सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कुमारी बैंकको उद्यमशीलता सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिमरा ।

लघु, साना तथा मझौला उद्यमलाई लक्षित गर्दै कुमारी बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको मधेश प्रदेश कार्यालयले महोत्तरीको बर्दिबासमा कार्यक्रम आयोजना गरेको हो ।

मधेश प्रदेश भित्रका लघु, साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न र त्यसमा आवद्ध व्यवसायीलाई वित्तीय कारोबारको विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कुमारी बैंकका ट्रान्जेक्शन बैंकिङ प्रमुख अर्पण पौडेलले जानकारी दिए । कार्यक्रममा पौडेलले प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए ।

युएसएआईडीसंगको सहकार्यमा आयोजित कार्यक्रमले व्यावसायिक तथा उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्नेमा आशावादी रहेको पौडेलको भनाइ थियो । बैंकले उक्त कार्यक्रम प्रदेशका सबै जिल्लामा गर्ने र व्यवसायीले सहजै बुझ्न सक्ने वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियोलगायत सामग्री प्रकाशन गर्ने तयारी रहेको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश