मधेश प्रदेशका मन्त्री क्षेत्रीले गरे बाराका चारवटा कृषि सहकारीको अनुगमन

मधेश प्रदेशका मन्त्री क्षेत्रीले गरे बाराका चारवटा कृषि सहकारीको अनुगमन

|फोटोमा : मधेश प्रदेशका भुमिब्यवस्था , कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लगायत ।

बारा:मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले जिल्लाका ४ वटा कृषि क्षेत्रमा ठुलो लगानी गरी काम गरिरहेका कृषि सहकारी संस्थाहरुको निरिक्षण गर्नु भएको छ ।

सुक्रबार विहानैबाट कृषि सहकारी संस्थाहरुले कृषि ज्ञान केन्द्र बारासँगको आर्थीक साझेदारीमा निर्माण गरी संचालन गर्दै आएका कृषि परियोजना तथा कार्यक्रमहरुको मन्त्री क्षेत्रीले निरिक्षण अनुगमन गर्नुभएको हो ।

मन्त्री सिंहले अनुगमन गर्नु भएको सहकारीमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बारा पहिलो थियो ।

साना किसान सहकारी संस्था मनहर्वाले ज्ञानकेन्द्र सँगको आर्थीक साझेदारीमा विउ प्रशोधन उद्योग र कृषि उपकरणहरुको सहज सहुलिय परिचालनका लागि स्थापना भएको कस्टम हायरिङ्ग सेन्टर संचालन गर्दै आएको छ ।

साना किसान कृषि सहकारी संस्था लि. सपहिको कृषि उपकरण हेर्र्दैै कृषि मन्त्री क्षेत्री

सहकारीले करिब डेढकरोड रकमको लगानीमा स्थापना गरेको कार्यक्रमले भविश्यमा विउमा परमुखितालाई कम गर्न सहयोग गर्ने संस्था अध्यक्ष नयनकला खड्काले बताउनु भयो । संस्थाले कृषि प्राविधिकनै नियुक्त गरि कृषि क्षेत्रमा योगदान गर्दै आएको छ । कृषि पसल, दुध संकलन र विक्री, धान तथा गहुँ खरिद विक्रीसँगै कृषि पाठशाला समेत संचालन गर्दै आएको उहाँले बताउनु भयो ।

साना किसान कृषि सहकारी संस्था लि.मनहर्वाको कृषि परियोजना स्थलमा सम्बोेधन गर्दै मधेश प्रदेशका कृषि मन्त्री क्षेत्री

सहकारीको निरिक्षणपछि आयोजित भेलालाई सम्बोधन गुर्नुहुँदै मन्त्री क्षेत्रीले सरकार कृषिलाई ब्यवस्थीत आधुनीक, सहज र सुलभ बनाउने कुरामा कटीबद्ध रहेको बताउनु भयो । भर्खरै मात्रै कृषि ऐन पारित भएको जनाउँदै उहाँले जनताका माग सम्बोधन गर्नेगरी कानुन बनेको दावी गर्नु भयो । कानुन त आयो । तर आर्थीक समस्याले तत्काल किसानका आकांक्षा पुरागर्न भने नसकिएपनि निरन्तरता दिने उहाँको भनाई थियो ।

मनहर्वाको कार्यक्रम सकेर मन्त्री सिंहको टोली कोल्हवी नगरपालिका ४ सपही पुगेको थियो । टोलीमा कृषि विकास निर्देशक जितेन्द्र यादव,कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण साह लगायत हुनुन्थ्यो । उहाँहरुको खानाखाने कार्यक्रम भने सपहि स्थीत साना किसान कृषि सहकारीमा ब्यवस्था थियो ।

सहकारीको खानापछी मन्त्री सिंहको टोलीले उक्त सहकारीले स्थापना गरेको दुईबाली धान कार्यक्रमको गोदाम, कस्टम हायरिङ्ग सेन्टरको निरिक्षण गरेको थियो । एक करोडबढी लगानी गरेको सहकारीलाई मधेश प्रदेश सरकार अन्तर्गतको कृषि केन्द्र बाराले आर्थीक सहयोग गरेको थियो । संस्थाका आगामी कार्यक्रमलाई थप सहयोग गरे केकस्ता उपलब्धी हाँसिल हुन सक्छ भन्ने समेत मन्त्री क्षेत्रीको आसय भ्रमणका क्रममा देखिन्थ्यो ।

साना किसान कृषि सहकारी संस्था लि. तेतरियाको १४ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै कृषि मन्त्री क्षेत्रीको टोली

सपहीपछि मन्त्रीको भ्रमणटोली करैयामाई गाउँपालिका वडा नं.५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको १४ औं बार्षिक साधारणसभामा पुगेको थियो । साधारणसभाका प्रमुख अतिथी समेत रहनु भएका मधेश प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री क्षेत्रीले तराई मधेश कृषिको भण्डारण भएको बताउनु भयो ।

कृषि सहकारीहरुले राज्य र कृषकका विचमा पुलको काम गरिरहेको भन्दै पछिल्लो समय गाउँमा विशेष गरी कृषि क्षेत्रमा सरकार पुग्नै नसकेको अवस्थामा सहकारीहरुका काम प्रशंसनिय रहेको बताउनु भयो । आगामी दिनमा महिला कृषि सेविका मार्फत गाउँगाउँका कृषि समस्या समाधानका लागि कार्यक्रम बनिरहेको समेत उहाँले बताउनु भयो ।

१४ औं बार्षिक साधारणसभा गरेको संस्थाले समेत मधेश सरकारको सहयोगमा , विउ उत्पादन, कस्टम हायरिङ्ग सेन्टर स्थापना र दुध संकलन तथा विक्रीको काम लामो समय अघिबाट गर्दै आएको छ ।

तेतरियाको साधारणसभा सकेर मन्त्री क्षेत्रीको भ्रमण टोली पुनः जितपुर सिमरा उपमहानगरपालिका १५ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना पुगेको थियो ।

डुमरवाना सहकारीले वडा नं.१४ को मौलापुरमा एकिकृत कृषि परियोजना संचालन गर्दै आएको छ । संघ सरकार, प्रदेश सरकारको समेत आर्थीक सहयोगमा सहकारीले चामल मिल, विउ पउत्पादन, प्रशोधन , कस्टम हायरिङ्ग सेन्टर र खाने तेलको उद्योग संचालन गर्दै आएको छ ।

१० करोड रुपैंया बढीको लगानीमा संचालित कृषि परियोजनाले जिल्लाका लाखौंलाई सेवा दिँदै आएको छ । भने स्थानिय बासीले सुलभ र सहज सेवा पाउँदै आएको बताएका छन् ।

पछील्लो समय स्टीम चामलको विक्रि बढ्दा सामान्य मिलको चामलको ब्यपार जटील बनेको भन्ने सहकारीका प्रतिनीधीहरुको भनाईमा मन्त्री क्षेत्रीले आवश्यक सहकार्य गर्न सरकार तयार रहेको बताउनु भयो ।

निरिक्षणपछी केहीबेर कुराकानी औपचारीक रुपमा मन्त्री क्षेत्रीले विटमात्रै सुक्रबार एकै प्रकृतिका बारा जिल्लाका सवल र सफल कृषि सहकारीहरुको औपचाररी भ्रमणले डुमरवानाबाटै विश्राम लिनु भएको थियो ।

साना किसान कृषि सहकारी संस्था लि.डुमरवानाको चामल उद्योगमा मन्त्री क्षेत्रीको टोली

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश