मौवादेवी साकोस बडहर्वाको ११औं साधारणसभा सम्पन्न

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ आश्विन ४, शुक्रबार (३ महिना अघि)
  • १८५ पटक पढिएको
मौवादेवी साकोस बडहर्वाको ११औं साधारणसभा सम्पन्न

पुष्पराज खतिवडा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा विहिवार सम्पन्न भएको छ ।

बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले बार्षिक साधारणसभाको उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथी ठाकुरले सहकारी संस्थाहरु विधान र कानुनको अधिनमा रहेर सदस्यहको साझा भलाईका निमित्त संचालन गरिनु पर्ने बताउनु भयो । जिल्लाको दक्षिणी क्षेत्रको तुलनामा उत्तरीक्षेत्रमा सहकारीहरु नियमसंगत संचालनमा सहकारीकर्मीहरु सचेत पाईन्छ ।

यसैले गर्दा यसक्षेत्रमा सहकारीहरुले ग्रामिण क्षेत्रमा बैंकले दिने सेवा विश्वसनीय ढंगले प्रदान गर्दै आएका छन् । यसका लागि सदस्यहरुको साथसहयोग अझ धेरै आवश्यक हुन्छ । विश्वास आवश्यक हुन्छ, जिल्ला संघ अध्यक्ष ठाकुरले भन्नुभयो ।

केहीदिन अघिमात्रै तेस्रो कार्यकालका लागि बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा निर्वाचित ठाकुरले सहकारी संस्था संचालनमा गम्भीर भन्न सदस्य र संचालकहरुलाई आग्रह गर्नुभयो ।

यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्लले सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भयो । बचत तथा ऋणको मात्रै कारोबारले सदस्यको जीवन परिवर्तन गर्न नसकिने भन्दै उहाँहरुलाई स्वरोजगारमुलक सिप समेत संगसँगै दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा,जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य प्रभावती देवी पास्वान, जुनेली महिला साकोस जैतापुरकी प्रभादेवी चौधरी, संस्थाका पूर्व अध्यक्ष नारायण घिमिरेसँगै ,वर्तमान संचालक तथा लेखा समिति एवं संस्थाका सदस्यहरुको सहभागिता थियो ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा संस्था कर्मचारी सुनिता थापालाई नगद सहित पुरस्कृत, असल कोरोबार गर्ने एकदर्जन सदस्यलाई टेबुलपंखा प्रदान गर्दै पुरस्कत र पूर्व संचालक समिति अध्यक्ष घिमिरेलाई सम्मान गरेको छ । सबैलाई प्रमुख अतिथी जिल्ला बचत संघका अध्यक्ष ठाकुर र संस्था अध्यक्ष राजुकुमार कार्की लगायत अतिथीबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

२ करोड ३८ लाख रुपैंयाको कारोबार गर्दै आएको संस्थाले आर्थीक बर्ष २०८०।०८१ को मुनाफाबाट शेयर सदस्यलाई १०।४३ प्रतिशतका दरले लाभाशं वितरण गर्ने निर्णय गरेको छ । यससँगै आगामीदिनमा सदस्यहरुलाई विभिन्न तालिमहरु समेत संचालन गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले सभामा प्रस्तुत गर्नुभएको संस्थागत र लेखा समित संयोजक महन्थ चौधरीको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित भएको छ । कार्यक्रम संचालक समिति सदस्य जयन्ती सिम्खडाको संचालनमा सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश