मधेश प्रदेशमा सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट

  • ई-गुनासो
  • / अर्थ/व्यवसाय /
  • २०८१ पौष १०, बुधबार (३ महिना अघि)
  • २२५ पटक पढिएको
मधेश प्रदेशमा सवारी साधनको कर र जरिवानामा शतप्रतिशत छुट

बारा ।

सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ ।

मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना समेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगँजले यसको लागि सूचना जारी समेत गरिसकेको छ । अन्य जिल्लाका यातायात व्यवस्था कार्यालयले सूचना निकाल्ने क्रम जारी छ ।

ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको १ वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नविकरण गराउँदा, सवारी साधन कर र नविकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश