सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेका छन् : प्रदेशसभा सदस्य चौधरी

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ मंसिर ८, शनिबार (४ हप्ता अघि)
  • १७६ पटक पढिएको
सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेका छन् : प्रदेशसभा सदस्य चौधरी

बारा : सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेको मधेश प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरीले बताउनु भएको छ । शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड छातापिपराको १० औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारी संस्थाहरुको योगदानको प्रशंसा गर्नु भएको हो ।

प्रमुख अतिथी चौधरीले राज्य नपुगेका ठाउँमा सहकारीहरुले साना किसान, विपन्न, गरिबलाई कार्यक्रमहरुमा समेटेर उनीहरुको आर्थीक जीवन सहताका निमित्त सहकारीहरु सकृय रहेको बताउनु भयो ।

ग्रामिण अर्थतन्त्रको बलियो आधारका रुपमा संचालित सहकारीहरु र आवद्ध सदस्यहरुलाई सहयोग हुनेगरी राज्यले नीति बनाउन पर्ने बताउनु भयो । बदमासलाई कार्वाही र राम्रो गर्नेलाई सहयोग हुनेगरी प्रदेश कानुन संसोधनमा आफुले भुमिका खेल्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साह, साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.को हेटौंडा शाखाका अधिकृत रामबाबु सिंह, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका ब्यवस्थापन प्रमुख पुष्पराज खतिवडा,

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ र ८ मोतीलाल राउत यादव र शिवशंकर प्रसाद महत्तो कोईरी,लक्ष्मीकान्त प्यारेलाल चौधरी लगायतले सम्बोधन गर्नु भएको थियो ।

सदस्यका छोराछोरी उत्कृष्ठ विधार्थी, उत्कृष्ठ कारोबारकर्ताहरुगरी संस्थाले सो अवसरमा १२ जनालाई नगद प्रमाणपत्र, दोसल्ला कृषि उपकरण सहित सम्मान तथा पुरस्कृत गरेको थियो ।

१ हजार ९० जना महिला सहभागी संस्थाले ८ करोड २४ लाख ४३ हजार बढीको कारोबारबाट गत आ.व.०८०।०८१ मा २१ लाख १८ हजार मुनाफा गरेको थियो । उक्त नाफबाट सदस्यहरुलाई १३ प्रतिशत लाभाशं वितरण गर्ने सभाले निर्णय गरेको प्रबन्धक जीतेन्द्र चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रम संस्था अध्यक्ष विजयता चौधरीको अध्यक्षता,संचालक पुनमदेवी महत्तोको स्वागत एवं प्रबन्धक चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश