केटिएम कन्सल्टिङ ग्रुपको शाखा सिमरामा

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ फागुन १०, शनिबार (१ महिना अघि)
  • ९८ पटक पढिएको
केटिएम कन्सल्टिङ ग्रुपको शाखा सिमरामा

सिमरा ।

अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत जस्ता देशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीका लागि परामर्शदाताको रुपमा काम गर्दै आएको केटिएम कन्सल्टिङ ग्रुपले बाराको सिमरामा पनि शाखा विस्तार गरेको छ । ग्रुपले शनिबार आफ्नो आठौं शाखाको रुपमा सिमरामा कार्यालय शुभारम्भ गरेको हो ।

कार्यालयको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले उच्च शिक्षाका लागि विदेश जान इच्छुक विद्यार्थीलाई जोखिम नहुने गरी सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

ग्रुपको सिमरास्थित कार्यालयका प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीलगायत विभिन्न शैक्षिक संस्था सम्बद्ध संघसंगठनका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश