नेरामावि सिमराको नयाँ व्यवस्थापन समिति चयन, अध्यक्षमा अधिकारी

नेरामावि सिमराको नयाँ व्यवस्थापन समिति चयन, अध्यक्षमा अधिकारी

सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समितीले पुर्णता पाएको छ । दोश्रो पटक शनिवार आयोजना गरिएको अभिभावक भेलाले आफुहरुमध्यबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसअघि वडा कार्यालयले नगर शिक्षा नगर शिक्षा ऐन २०७५ को परिछेद ५ को १९ बमोजिम अभिभावक समेत रहेका कृष्ण कुमार अधिकारीलाई अध्यक्षमा सिफारिस गरिसकेको छ ।

यसअघि समितीको सदस्यको जिम्मेवारीमा रहेका अधिकारी स्थानिय रुपमा कुशल व्यवसायी हुन् । स्नातक तह उतिर्ण गरेका अधिकारीले सामुदायिक विद्यालयको समुचित हितमा रही आफ्नो कार्यकालमा उपलब्धिमुलक कार्य गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

यसैबिच शनिबार सम्पन्न भेलाले व्यवस्थापन समितिको सदस्यमा बिकाश पाण्डे ,सोमलाल बोम्जन, बिनोद कुमार मण्डल  र फुलमाया तामाङ चयन भएका छन् । चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य मनोनित हुन बाकी छ भने वडाको एकजना प्रतिनिधि सदस्य, विद्यालयका एक जना शिक्षक सदस्य र प्रधानाध्यापक सदस्य सचिवसहित ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति हुने प्रधानध्यापक शंकर आचार्यले बताए ।

यसैबिच विद्यालयले शनिवार नै अभिभावक भेलाबाट शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । बिनोद कुमार मण्डलको संयोजकमा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । शिक्षक अभिभावक संघको सदस्यमा गङा बहादुर श्रेष्ठ ,सुनिता सुवेदी, रामकिशोर झा, राजन अधिकारी ,महेन्द्र सहनी ,थानेश्वर पाध्य, सुमित्रा तिमल्सिना र रामप्रसाद सिलवाल रहेको विद्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश