दुई दिने सम्पत्ति शुद्धिकरण निवारण तथा कर ब्यवस्थापन तालिम सम्पन्न

  • ई-गुनासो
  • / मुख्य समाचार /
  • २०८१ पौष २०, शनिबार (१ हप्ता अघि)
  • २४५ पटक पढिएको
दुई दिने सम्पत्ति शुद्धिकरण निवारण तथा कर ब्यवस्थापन तालिम सम्पन्न

सौराहा, चितवन :साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाको आयोजनामा दुई दिन सम्पत्ति शुद्धिकरण निवारण, कर ब्यवस्थापन तथा संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ ।

चितवनको सौराहमा आयोजित तालिममा सहकारी संस्थामा सम्पत्ति शुद्धिकरण निवारण,कर ब्यवस्थापन र संस्थागत क्षमता विकासमा सचेत एवं सहजीकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वित्तिय संस्थाका शाखा प्रबन्धक भोलानाथ रेग्मीले बताउनु भयो ।

पौष १९ र २० गतेका लागि आयोजित तालिममा आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनका कर अधिकृत खडानन्द पाण्डे र कृषि विकास बैंक लिमिटेडको शाखा बिरगजंका प्रबन्धक दिपक बराकोटीले सहभागीलाई सहजीकरण गर्नु भएको थियो । यस्तै शाखा प्रबन्धक रेग्मीले समेत जोखिम ब्यवस्थापन र ब्यवसाय वृद्धिको आवश्यकता, चुनौती तथा अवसरका विषयमा परिक्षण गर्नु भएको थियो ।

बारा, पर्सा,मकवानपुर,रौतहट र चितवनका ३०वटा १५ करोडबढी कारोबार गर्ने साना किसान कृषि सहकारी संस्था लिमिटेडका ३० जना कार्यालय प्रमुखहरु सहभागी थिए ।

तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गरी दुई दिने तालिम समापन भयो । उक्त समारोहको तालिम आयोजक साना किसान विकास लघुवित्त वित्तिय संस्थाका वरिष्ठ अधिकृत विष्णु प्रसाद कालाखेतीकोे संचालनमा सम्पन्न भएको शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश